भदौ २०, अमेरिका । अमेरिकामा रहेका नेपालीहरूको संस्था एन्माको अध्यक्षमा बाला घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २०, अमेरिका । अमेरिकामा रहेका नेपालीहरूको संस्था एन्माको अध्यक्षमा बाला घ"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्मा अध्यक्षमा बाला घिमिरे चयन

२० भाद्र २०७३, सोमबार १२:१३


भदौ २०, अमेरिका । अमेरिकामा रहेका नेपालीहरूको संस्था एन्माको अध्यक्षमा बाला घिमिरे चयन भएका छन् । 

 एन्मा र नासाको शनिवारदेखि सेण्टलुईसमा भएको संयुक्त सम्मेलनले घिमिरेलाई सर्वसम्वत रुपमा एन्माको अध्यक्ष चयन गरेको हो । सिकागोबासी बाला व्यवसायी हुन् । केही साता अघि उनलाई नेपाल पर्यटन वोर्डले पर्यटन दुत नियुक्त गरेको थियो । 

 एक बर्ष अघिको महाभुकम्पपछि उनी नेपालका लागि सहयोग जुटाउन घिमिरे सकृय थिए । दुइ बर्षे कार्यकालका लागि चुनिएका पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा कैलाश कायस्थ र उपाध्यक्षमा वलाराम पन्थी र संजय घिमिरे चयन भएका छन् । 

 त्यस्तै महासचिवमा भरत कँडेल र सचिवमा बेनीमाधव कँडेल (गोपाल) चयन भएका छन् । कोषाध्यक्षमा संजय श्रेष्ठ, भ्युपोयन्ट एडिटरमा माधव ढकाल चयन भइका छन् । कार्यकारी सदश्यमा अनिता अधिकारी, डा नन्द जोशी, श्रीराम हरी न्यौपाने, निजर ठाकुर, दिवाकर दाहाल, दिलिप योगी, वुना दाहाल, श्याम वस्नेत, उर्मिला निर्दोषी, ओमप्रकाश दाहाल, नीता खतिवडा र मिडिया संयोजकमा केशव खनाल चयन भएका छन् ।

 त्यस्तै बोर्ड अफ ट्रिस्टीमा मुकेश सिंह, डा. गौरी अधिकारी, राजेन्द्र खतिवडा, गोपेन्द्र भट्टराई र डा.सोहन खतिवडा छन् । वरिष्ठ सल्लाहकारमा शारदा थापा छन् । सम्मेलन नयाँ कार्यसमिति चयन गर्दै आइतवार सम्पन्न भएको छ । सम्मेलनमा नेपालका राजदुत अर्जुन कार्की, सांसद लगायत विभिन्न राज्यवाट आएका नेपालीको सहभागी थिए ।

 समापन समारोहपछि नव निर्वाचित अध्यक्ष घिमिरेले भावी दिनमा संस्थालाइ सबैको सहयोग र सल्लाहमा अघि बढाउने प्रतिवध्दता जारी गरेका थिए । उनले संस्थाले सफलताका लागि सबैबाट सहयोगको अपेक्षा समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव