हेम चन्द्र राई | युएई | दुबई, १० सेप्टेम्बर २०१६, गुरुङ समुदायको तमु समाज युएईले आफ्नो परम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हेम चन्द्र राई | युएई | दुबई, १० सेप्टेम्बर २०१६, गुरुङ समुदायको तमु समाज युएईले आफ्नो परम्"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा गुरुङ कलाकार र राजु सम्मानित गरिए

२५ भाद्र २०७३, शनिबार १८:५४


हेम चन्द्र राई | युएई | दुबई, १० सेप्टेम्बर २०१६, गुरुङ समुदायको तमु समाज युएईले आफ्नो परम्परा अनुसार गुरुङ कला सस्कृती , लोक गितमा अमुल्य योगदान पुर्‍याउने पाच कलाकारलाई १० सेप्टेम्बर २०१६ का दिन बरदुबईमा स्थित हिमालयन रेस्टुरेन्टमा एक कार्यक्रम गरी  सम्मान गरेको छ l लम्जुङ् सम्पर्क समितिको चौथो वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्न आएका पाँच जना कलाकारहरु लोक गायक राजु परियार, लोक दोहारी गायिका विष्णु माया गुरुङ, गायिका तथा उद्घोषिका माया गुरुङ, तमु चलचित्रका नायिका तथा मोडल अश्मी गुरुङ र अर्का तमु चलचित्रकै नायिका तथा मोडल लक्ष्मी गुरुङलाई गुरुङहरुको परम्परागत पहिरन क्रेगि, क्रमु र खादा ( खतक ) लगाई साथमा सम्मान तथा प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएकोछ l

लोक गित, संगीत, अभिनय र मोडलिंगको क्षेत्रबाट गुरुङ लगायत सिंगो नेपाली कलासंस्कृतिको सङ्ग्रक्षण , सम्वर्धन र विकाशमा कलाकारहरुले पुर्‍याउन भएको योगदानको उच्च मुल्यांकन गर्दै उक्त सम्मान गरिएको समाजका अध्यक्ष श्रीमती उषा गुरुङले जानकारी दिएका थिइन । 

समाजका केन्द्रिय अध्यक्ष श्रीमती उषा गुरुङको सभापतित्वमा, लोक गायक राजु परियारको प्रमुख आथित्य , तमु समाज युएई दुबई क्षेत्रीय समितिका सचिव उर्मिला गुरुङको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य समाजका केन्द्रिय सल्लाहकार डि. आर. गुरुङले दिएका थिए । भने समाजका प्रमुख संरक्षक यम प्रशाद गुरुङले शुभकामना मन्त्यब्य व्यक्त गरेका थिए l

तमु समाज युएई दुबई क्षेत्रीय समितिका अध्यक्ष फुल बहादुर गुरुङ , लमजुङ जिल्ला सम्पर्क समितिका भूपू अध्यक्ष राजु घले ,  तमु समू समाज युएईका केन्द्रिय सल्लाकार रुपा गुरुङ लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको सो कार्यक्रममा पाँचै कलाकारहरुले आ-आफ्नो मन्तव्य राख्दै सम्मान ग्रहण गर्ने अवसर पाएको र सम्बन्ध स्थापित गर्ने अवशर पाएकोमामा खुशी व्यक्त गरेका थिए l कार्यक्रममा कलाकारहरुले मन्तव्य दिदै प्रवासमा रहेर पनि अमिट माया पाएकामा गर्व लागेको र आगामी दिनमा अझै प्रगाढ सम्बन्ध स्थापना गर्दै गित , चलचित्र मनोरञ्जन संगै कला सस्कृतीको जग बलियो बनाउदै जाने आसय व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव