विजय थापा | असोज ४, डिसी | आगामी अक्टोबर १ तारिख देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन चाहने नेपालीले लिखित परीक्षा नेपाली भाषामा नै दिन पाउने भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | असोज ४, डिसी | आगामी अक्टोबर १ तारिख देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन चाहने नेपालीले लिखित परीक्षा नेपाली भाषामा नै दिन पाउने भ"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरिल्याण्डमा चालक अनुमति पत्र लिन नेपाली भाषामा लिखित परीक्षा दिन पाउने

२०७३, ४ आश्विन मंगलवार ०३:३२

विजय थापा | असोज ४, डिसी | आगामी अक्टोबर १ तारिख देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन चाहने नेपालीले लिखित परीक्षा नेपाली भाषामा नै दिन पाउने भएका छन् l

उक्त जानकारी गत  सेप्टेम्वर १८ तारिकका दिन गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले बाल्टिमोरमा आयोजना गरेको एक विशेष कार्यक्रममा मेरिल्याण्ड एमभीए (मोटरभेहिकल एड्मिनिसट्रेसन )​ ​का प्रमुख प्रशासकीय अधिकृत क्रिस्टिन नाइजरले जानकारी गराईन l यसको साथै उनले नेपाली भाषामा लेखिएको निर्देशन पुस्तिका समारोहमा हस्तान्तरण गरिन l 

उक्त कार्यक्रममा नेपाली भाषामा लिखित परिक्षा दिन पाउने व्यवस्थाको लागी विशेष योगदान दिए वापत उनीहरुलाई नेपाली टोपी,खादाको साथै प्रशंसा द्वारा विशेष सम्मान गरिएको थियो ।

मातृभाषा नेपालीमा सवारी चालक अनुमति पत्रको जॉचदिन पाउनको लागि निर्देशन पुस्तिका समेत प्रकाशित भै सकेको जानकारी दिइएको छ । 

प्रमुख प्रशासकीय अधिकृत क्रिस्टिन नाइजरले आफु उपस्थित नभए पनि शुभकामना तथा बधाई सन्देश दिनु हुने मेरिल्याण्डका गभर्नर ल्यारी होगनले हामी नेपाली समुदाय संग अझ काम गर्न चाहन्छौ भनि क्रिस्टिनले पढेर सुनाएकी थिइन् l 

र उनले नेपालीहरुका लागि राम्रो कुरा भन्दै तर सवारी साधन सुरक्षित कुदाउन आग्रह गरिन l यसै गरि अध्यक्ष जेदु पोख्रेलले मेरिल्याण्ड गभर्नर, क्रिस्टिन नाइजर, मेरिल्याण्ड एमभीए परिवारलाई बिशेष आभार प्रकट गरे ।


मेरिल्याण्डमा अन्य भाषाहरुमा दिने व्यवस्था भए पनि नेपाली भाषामा लिखित परिक्षामा सहभागी हुन पाउने अमेरिका भरि यो पहिलो राज्य बन्न सफल भएको छ l 

​शाखाका उपाध्यक्ष विनोद उप्रेतीले कार्यक्रम संचालन गरेका थिए l​ ​​कार्यक्रममा डिसी महानगर क्षेत्रका केहि बिशेष व्यक्तिहरुले मन्तब्य राखेका थिए l  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर