असोज ४, न्युयोर्क | कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्। गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ४, न्युयोर्क | कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्। गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा स"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा कराते प्रशिक्षक थोकर निर्वाचित

४ आश्विन २०७३, मंगलवार ०३:३७


असोज ४, न्युयोर्क | कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्। गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौं अधिवेशनले थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो। अधिवेशनअघि अध्यक्षको दावेदारी गर्दै आएका चलचित्रकर्मी अमृत लामा प्रथम उपाध्यक्ष चयन भएका छन्।

न्युयोर्क र आसपासमा रहेका दुई सय १६ जना सदस्य सहभागी अधिवेशनले सृजना लामालाई उपाध्यक्ष र अमर तामाङलाई महासचिव चयन गरेको छ। यस्तै छिरिङ योञ्जन सचिव र नाम्गेल लामालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।  संचालक समति सदस्यहरुमा राम तामाङ, प्रविण लामा, सानु कुमारी लामा र मैना लामा निर्वाचित भएका छन्। बाँकी दुई सदस्यको अध्यक्षले मनोनित गर्ने छन्।  


निर्वाचित कार्यसमितिलाई आइतबार नै प्रमुख निर्वाचन आयुक्त ङिमा पाख्रिनले पद तथा गोपनियताको सपथ गराए। यसैबीच नवनिर्वाचित अध्यक्ष शान्त थोकरले आफ्नो कार्य समितिको पहिलो काम न्युर्योकमा संस्थाको कार्यालय सञ्चलन र तामाङ भाषा, धर्म सम्बन्धी शिक्षा कार्यक्रम सुरु गर्नु रहेको जनाए। 

तामाङ भाषा र धर्म सम्बन्धी शिक्षा कार्यक्रम सञ्चालनका लागि आफ्नो माताहतमा रहेको इन्टरनेसनल मार्शल आर्ट एशोसिएशन न्युयोर्कको (कराते प्रशिक्षण स्थल) हल उपलब्ध गराउने घोषणा गरेका छन्। 

यस्तै शान्तले तामाङ सांस्कृतिक तथा बौद्ध केन्द्रलाई सन् २०१८ भित्र शिलन्यास गर्ने जनाएका छन्। “स्वदेश तथा विदेशमा रहेका तामाङहरुको स्तरोन्नतीमा सहयोग पुर्याउनु र तामाङ सस्कृतिको जगेर्ना गर्नमा नै मेरो ध्यान केन्द्रित रहने छ।” दुई वर्षे कार्यकालका लागि अध्यक्ष चयन भएका शान्तले उत्तर अमेरिकामा रहेका सबै तामाङबीचमा साझा सञ्जाल बनाउने, तामाङ सोसाइटी अफ अमेरिकाको नेतृत्वमा विश्व तामाङ सम्मेन आयोजना गर्ने र अन्तर्राष्ट्रिय तामाङ सञ्जाल बनाउने योजना सुनाए । 


तामाङ भाषा अनलाइन कक्षा, तामाङ विद्यार्थी छात्रवृत्ति कोष स्थापना, नेपालमा लोकसेवा आयोग परीक्षाको तयारीमा रहेका तामाङहरुका लागि शैक्षिक छात्रवृत्ति, तामाङ आकास्मिक कोष स्थापना गर्ने लक्ष्य उनले बनाए।

न्युयोर्कमा बहुप्रचारित तामाङ सांस्कृति तथा बौद्ध केन्द्रको लागि अतिरिक्त कोष संकलन गर्न अमेरिका तथा अन्य मुलुकमा तामाङ सस्थाहरु बीचमा समन्वय गर्ने उनको योजना छ। सन् २००८ देखि २०१० सम्म सोसाइटीमा महासचिव जिम्मेवारी निभाएका शान्त थोकर अमेरिकी कराते महासंघबाट दोहोरो ए लाइसेन्स प्राप्त करातेका छैटौ डान हासिल गरेकाइन्टरनेसनल मार्शल आर्ट एशोसिएशन न्युयोर्कका  प्रमुख प्रशिक्षक हुन्। अमेरिकामा कराते पाठशाला सञ्चालन गर्ने अहिलेसम्म उनी एक्लो नेपाली पनि हुन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने