५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भेरी नदीमा एकजनाको शव फेला, मेजर पण्डितको हुन सक्ने आशंका

२६ भाद्र २०८०, मंगलवार १०:५२

भदौ २६, सुर्खेत | डोल्पाको खदाङ्ग भेरी नदीमा एकजनाको शव फेला परेको छ । उक्त शवको पहिचान भने खुलेको छैन । तर, केही दिनअघि डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपती मेजर विमल पण्डित सम्पर्कविहीन भएका थिए ।

मंगलबार भेटिएको उक्त शव मेजर पण्डित हुन सक्ने आशंका गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए । मेजर पण्डित यही भदौ १० मा त्रिपुराकोटबाट सम्पर्कविहीन भएका थिए । ३८ वर्षीय पण्डित सम्पर्कविहीन भएको १७ दिन पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘भेरी नदीमा भेटिएको लाशको भने पहिचान हुन सकेको छैन । मेजर पण्डितको लाश हो कि भन्ने आशंका भने गरेका छौं । अनुसन्धान भइरहेको छ ।’

मेजर पण्डित काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने