४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

खप्तड घुम्न जाने ? ‘हेली प्याकेज’ को व्यवस्था, प्रतिव्यक्ति कति लाग्छ ?

१८ माघ २०७८, मंगलवार ०३:५१

माघ १८, डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को आयोजना गरिन लागिएको हो ।

जिल्लामा कोरोना जोखिम कायमै रहेको भए पनि खप्तड तथा बडिमालिका घुम्नका लागि पर्यटक आउन थालेका कारण स्वास्थ्य मापदण्ड पूरा गरी ‘हेली प्याकेज’ को व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । कम्तीमा पनि १० दिनका लागि उक्त ‘हेली प्याकेज’को सुरुआत हुने खप्तड घरबास झिग्रानाका सञ्चालक तथा उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिपायलबाट खप्तडका लागि प्रतिव्यक्ति रु १२ हजार तथा बडिमालिका पुग्न रु ३० हजार लाग्ने भएको छ । खप्तडमा अहिले कम्तीमा पनि चार फिटभन्दा बाक्लो हिँउ भएकाले उक्त क्षेत्रको अवलोकनका पर्यटकको मागबमोजिम ‘हेली प्याकेज’ को व्यवस्था गरिएको आयोजकले जनाएको छ । गत वर्ष पनि यहाँ ‘हेली प्याकेज’ को आयोजना गरिएको थियो । हेलिकोप्टरमार्फत गत वर्ष १३५ जनाले खप्तडको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन