असोज ६, बिराटनगर । बिराटनगरमा जारी रहेको बिकास निर्माणकार्य व्यवस्थित नभएको भन्दै बिराटनगरका विभिन्न कलेजका युवाहरु सडकमा आएका छन् । बुधबार बिराटनगरमा प्राज्ञिक बिद्यार्थी परिषदको आयोजनामा बिद्यार्थीहरुले नगरमा र्याली साथै बिराटनगर उपमहानगरपालिका अगाडि जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरेका थिए ।
अव्यवस्थित बिकास निर्माणले बिराटनगर शहर नै कुरुप भएको र सडकमा हिलोरधुलोले गर्दा हिड्न नसकिने अवस्था भएको भन्दै बिद्यार्थीहरुले आन्दोलन सुरु गरेका हुन । बिद्यार्थीहरुले बिराटनगर उपमहानगरपालिकाका सहायक अधिकृत राजेन्द्र प्रधानलाई बिकास निर्माणकार्य चाडै व्यवस्थित रुपमा सम्पन्न गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका थिए ।