२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

८ महिनामा १० खर्बको आयात हुँदा १ खर्बको निर्यात

२०७९, ८ चैत्र बुधबार ११:५५

चैत ८, काठमाडौं | नेपालले चालु आर्थिक वर्षको ८ महिनामा १० खर्ब रुपैयाँको आयात गर्दा जम्मा १ खर्बको मात्र निर्यात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर पुगेको छ। विभागले सार्वजनिक गरेको ८ महिनाको विवरणअनुसार यो व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो।

गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो। समग्र आयात नै घट्दा व्यापार घाटामा राहत मिलेको हो। ९ महिनामा कुल १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। आयात गत वर्षको सोही अवधिको तुलनामा १९.१३ प्रतिशत कम हो भने निर्यात २९ प्रतिशत कम हो।

चालु आर्थिक वर्षको माघ महिनासम्म नेपालले १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख ३० हजार रुपैयाँको आयात गरेको छ भने १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख ९३ हजार रुपैयाँको निर्यात गरेको छ।

जसमा सबैभन्दा बढी २ खर्ब २७ अर्ब ९करोड ४ लाख ४८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। दोस्रोमा १ खर्ब ४ अर्ब ८० करोड ९८ लाख ९ हजार रुपैयाँको फलाम आयात भएको छ।  

यस्तै, ६५ अर्ब ४६ करोड ६९ लाख ४४ हजार रुपैयाँको औद्योगिक मेसिन आयात भएको छ। ६४ अर्ब २२ करोड  २४ लाख ६८ हजार रुपैयाँको तेल-घिउ आयात भएको ४० अर्ब ३९ करोड ८६ लाख ७० हजार रुपैयाँको मोती आयात भएको विभागको तथ्यांकमा छ।

३९ अर्ब ९७ करोड ९४ हजार रुपैयाँको प्लास्टिकजन्य वस्तु आयात भएको छ। यस्तै, ३३ अर्ब ९७ करोड ५२ लाख ९१ हजार रुपैयाँको फलफूल र तरकारी आयात गरेको छ। २९ अर्ब  ३२ करोड ३५ लाख ९५ हजार रुपैयाँको औषधिजन्य वस्तु आयात भएको छ।

२७ अर्ब ७५ करोड ९४ लाख ९५ हजार रुपैयाँको मल आयात भएको छ भने ३२ अर्ब ६५ करोड ९८ लाख ७६ हजार रुपैयाँको सवारी साधनका पार्टस् आयात भएको छ। १७ अर्ब ३६ लाख ७८ हजार रुपैयाँको कपडा आयात हुँदा १७ अर्ब ९० करोड ७६ लाख ९ हजार रुपैयाँको निकेल जस्ता तामा, मेटल, आल्मो नियम आयात भएको विभागको तथ्यांकले देखाउँछ। १६ अर्ब ९५ करोड ४ लाख ६ हजार रुपैयाँको सर्जिकल उपकरण आयात गरेको भन्सार विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ