चैत १२, काठमाडौँ | साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन शुक्रवार मात्रै प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन भने प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनएको छ ।
त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।