१२ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोधारा चाँदनीमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै

१५ चैत्र २०७९, बुधबार १६:१३

चैत १५, कंचनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ ।

नगरप्रमुख किशोरकुमार लिम्बूले असारमा निमार्ण सम्पन्न गरिसक्ने गरी काम भइरहेको बताउनुभयो । “निर्माण क्रममा मध्यवर्ती क्षेत्रका कारण केही अवरोध देखिए पनि अहिले कामले तीव्रता पाएको छ”, उहाँले भन्नुभयो, “दुई तले लिफ्टसहितको सुविधा सम्पन्न भवन निर्माण भइरहेको हो ।” 

अस्पताल निर्माणपछि यहाँका नागरिकले घर आँगनमै स्वास्थ्य सेवा पाउने उहाँको भनाइ छ । आगामी असारमा निर्माण सम्पन्न सक्ने गरी केएस जेबी बाशुलिङ मित्र जेबीसँग रु १० करोड ८५ लाखमा ठेक्का सम्झौता भएको छ । 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले सङ्घीय सरकारको कार्यक्रमअनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाउने योजनाअनुरूप अस्पताल निर्माण भइरहेको बताउनुभयो । “अस्पताल निर्माण भइसकेपछि कम्तीमा दुई विशेषज्ञ चिकित्सक बस्ने प्रस्ताव गरिएको छ”, उहाँले भन्नुभयो, “अहिले नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रबाट सामान्य स्वास्थ्य सेवा पाइरहेका छन ।” उहाँले दोधारा चाँदनीमा अहिले गैरसरकारी संस्थाको सहयोगमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुगेको बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई आज बढ्याे सुनचाँदीको मूल्य, प्रतितोला कति? मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक जना युवकको मृत्यु रास्वपाको सचिवालय बैठक आज बस्दैँ यस्तो छ, शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर ! संघीय संसद अन्तरगत दुई समितिको बैठक आज बस्दै भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन आज पनि रास्वपा सभापति लामिछानेको बयान हुदैँ उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ? रोकिएका आयोजनालाई सरकारले अगाडि बढाउँछ : ऊर्जामन्त्री खड्का अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि… ‘केपी ओलीले एमालेबाट निकालेका’ भीम रावल अब के गर्छन् ? लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भीम रावलले नयाँ पार्टी खोल्ने एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट