३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालीगण्डकी करिडोर: दुई मोटरेबल पुल निर्माण

२१ चैत्र २०७९, मंगलवार ०५:५८

चैत २१, पर्वत | उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटरेबल पुल निर्माण गरिएका छन् । 

करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ जोड्ने गरी सेतीखोलामा तथा स्याङ्जा खण्डको १० किलोमिटर सडकमध्ये कालीगण्डकी गाउँपालिका–७ र गल्याङ –५ जोड्ने गरी आँधीखोलामा पुल निर्माण गरिएको आयोजनाका इञ्जीनियर पवित्रमणि आचार्यले जानकारी दिनुभयो ।

आँधीखोलाको पुल निर्माण गर्न रायमाझी÷राजेश्वरी÷पिटीआर अधिकारी जेभीले विसं २०७७ असार ३० गते सम्झौता गरेको थियो । पचास मिटर लम्बाइको सो पुल रु नौ करोड ६२ लाख ७९ हजार ९३.२९ मा बनेको हो । यस्तै सेतीखोलामा निर्माण भएको ‘ट्रस्टब्रिज’  मुक्तिनाथ÷सुयान जेभीले रु पाँच करोड ८६ लाख ८२ हजार ९८.१६ मा पुल निर्माण गरेको हो ।  

यस्तै करिडोरअन्तर्गत पाल्पा–गुल्मी–बागलुङ खण्डको कालोपत्र गरिरहँदा पर्वत–स्याङ्जा खण्डमा निर्माणले तीव्रता पाएको छ । सो खण्डको ५३ किमीमा स्याङ्जा खण्डमध्ये मिर्मी–सेतीबेनी सडकको सात किमी महादेव खिम्ती÷अन्जना÷पराजुली जेभी लमजुङले निर्माणको जिम्मा लिएको थियो ।

करिडोरको पर्वत खण्डमा ४३ किमी र स्याङ्जामा १० किमी पर्दछ । पर्वत खण्डमा छ किमी कालोपत्र हुँदा १७ किमी कालोपत्रको अन्तिम तयारीमा रहेको छ । थप २० किमीको ठेक्का निकाल्ने तयारीमा रहेको इञ्जीनियर आचार्यले बताउनुभयो । करिडोरको पर्वत–स्याङ्जा खण्डको मिर्मी, सेतीबेनी, रानीपानी, कुर्घा, फलेवास, अर्मादी खण्डको सडक निर्माणले पर्वतको कालापानी भनेर चिनिने दक्षिण क्षेत्रका लाखौँ नागरिक लाभान्वित हुने भएका छन् । करिडोर हुँदै बुटवल, पाल्पा, नारायणगढ, मुस्ताङ र सदरमुकाम कुश्मा जाने यात्रुलाई समेत सहज हुने भएको छ ।

निर्माण कम्पनीले सडक चौडा गर्ने, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रे गर्ने गरी विसं २०७७ भदौ १२ गते सझौता गरेको थियो । रु २१ करोड ९८ लाख छ हजार एक सय ९० मा साढे दुई वर्षमा सक्ने गरी सम्झौता भएकामा ५० प्रतिशतमात्र काम भएको उहाँले बताउनुभयो । 

विस्फोट गरेर बाटो निर्माण गर्नुपर्ने हुँदा काममा केही ढिलाइ भएकाले एक वर्ष समय थपेर काम अगाडि बढाइएको उहाँले बताउनुभयो । यस्तै मिर्मी–सेतीबेनी सडककै तीन किमी काष्ठमण्डप÷कली÷मनकामना जेभीले रु आठ करोड ८६ लाख ८७ हजार सात सय ७१ मा सम्झौता गरेको छ । विसं २०७७ माघ ७ गते सडक चौडा, नाली निर्माण, टेवा पर्खाल र कालोपत्र गरी ३० महिनामा सक्ने गरी निर्माण कम्पनीले सम्झौता गरेकामा ६५ प्रतिशत काम सकेको आयोजनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ