चैत २१, काठमाडौँ | वैदेशिक रोजगार विभागले धरौटी बापतको ३ अर्ब ५३ करोड रुपैयाँ निक्षेपको रूपमा पुनः मुद्दतीमा राख्ने भएको छ ।
यसअघि विभिन्न वाणिज्य बैंकहरुमा राखेको पैसा यहीँ चैत ३० गते परिपक्व हुँदै गर्दा विभागले सोही पैसा पुनः निक्षेपको रूपमा बैंकमा राख्न चाहेको हो ।
मंगलबार एक सूचना प्रकाशित गर्दै विभागले इच्छुक बैंक तथा वित्तीय संस्थालाई उचित ब्याजदरसहित प्रस्ताव गर्न आह्वान गरेको छ । निक्षेप चाहने बैंकले ब्याजदरसहित दरभाउ पत्र फारम भरेर अनलाइनमार्फत चैत २७ गते दिनको ३ बजेभित्र दरखास्त दिनुपर्नेछ । निक्षेपको अवधि भने १ वर्षको हुनेछ ।