३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्थमन्त्री महत र गभर्नर अधिकारीबीच भेटवार्ता, सम्बन्ध सुधारमा जोड

२१ चैत्र २०७९, मंगलवार ०८:४६

चैत २१, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशसरण महतले नेपाल राष्ट्र बैंकको टोलीसँग भेटवार्ता गरेका छन् । आज मंगलबार अर्थमन्त्रालयमै बोलाएर अर्थमन्त्री डा. महतले गभर्नर महाप्रसाद अधिकारी लगायतको टोलीसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको सम्बन्ध सुधारमा जोड दिएका छन् । अर्थ मन्त्रालयको कमाण्ड जनार्दन शर्माले हाँकेको समयमा नेपाल राष्ट्र बैंकसँगको सम्बन्धमा दरार आएको छ । सोही दरार मेटाएर नयाँ सम्बन्ध सुरु गर्न डा. महतले पहल गरेका हुन् ।

मन्त्रालयमा करिब डेढ घण्टा भएको छलफलमा अर्थतन्त्रको वर्तमान अवस्था र बजारको स्थितिको बारेमा छलफल भएको थियो । यस्तै, बिग्रँदो अवस्थामा रहेको नेपालको अर्थतन्त्र सुधार्नका लागि आवश्यक पहल र सहकार्य गर्न आवश्यक रहेको महतले बताएका थिए ।

त्यस क्रममा गभर्नर अधिकारीले अर्थ मन्त्रायसँगको सहकार्यमा देशको आर्थिक स्थिति सुधार्न काम गर्न तयार रहेको बताए । अधिकारीले दुई निकाय मिलेर उद्योगी व्यवसायीको मनोबल बढाउँदै राजश्व संकलन बढाउन र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उकास्न पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही