२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्थमन्त्री महत र गभर्नर अधिकारीबीच भेटवार्ता, सम्बन्ध सुधारमा जोड

२०७९, २१ चैत्र मंगलवार ०८:४६

चैत २१, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशसरण महतले नेपाल राष्ट्र बैंकको टोलीसँग भेटवार्ता गरेका छन् । आज मंगलबार अर्थमन्त्रालयमै बोलाएर अर्थमन्त्री डा. महतले गभर्नर महाप्रसाद अधिकारी लगायतको टोलीसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको सम्बन्ध सुधारमा जोड दिएका छन् । अर्थ मन्त्रालयको कमाण्ड जनार्दन शर्माले हाँकेको समयमा नेपाल राष्ट्र बैंकसँगको सम्बन्धमा दरार आएको छ । सोही दरार मेटाएर नयाँ सम्बन्ध सुरु गर्न डा. महतले पहल गरेका हुन् ।

मन्त्रालयमा करिब डेढ घण्टा भएको छलफलमा अर्थतन्त्रको वर्तमान अवस्था र बजारको स्थितिको बारेमा छलफल भएको थियो । यस्तै, बिग्रँदो अवस्थामा रहेको नेपालको अर्थतन्त्र सुधार्नका लागि आवश्यक पहल र सहकार्य गर्न आवश्यक रहेको महतले बताएका थिए ।

त्यस क्रममा गभर्नर अधिकारीले अर्थ मन्त्रायसँगको सहकार्यमा देशको आर्थिक स्थिति सुधार्न काम गर्न तयार रहेको बताए । अधिकारीले दुई निकाय मिलेर उद्योगी व्यवसायीको मनोबल बढाउँदै राजश्व संकलन बढाउन र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उकास्न पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ