३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा २८ अङ्कको गिरावट

२६ चैत्र २०७९, आईतवार ११:२७

चैत २६, काठमाडौँ | पुँजीबजारमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्क कायम भएको हो 

आज दुई सय ६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता शेयर २९ हजार दुई सय ३९ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७९ दशमलव ९४ र निर्जीवन बीमा समूह एक सय ५३ दशमलव ३६ अङ्कले घटेको छ । 

नेप्सेका अनुसार बैंकिङ समूह १५ दशमलव ११, विकास बैंक समूह ६१ दशमलव ५२, वित्त समूह २७ दशमलव ७३, होटल तथा पर्यटन समूह ४३ दशमलव ०४ र जलविद्युत् समूह ५७ दशमलव ९० अङ्कले घटेको छ । त्यस्तै लगानी समूह शून्य दशमलव ६६, उत्पादन तथा प्रशोधन समूह ४९ दशमलव ८१, लघुवित्त ४४ दशमलव ३५, म्युचुअल फन्ड शून्य दशमलव १०, अन्य समूह १७ दशमलव तीन र व्यापार समूह २७ दशमलव ३३ अङ्कले घटेको छ ।

आजको कारोबारमा कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट भने माछापुच्छ्रे बैंक डिबेन्चर–२०८५ को शेयरमूल्य सात दशमलव ७५ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार आज सबैभन्दा धेरै नविल बैंक लिमिटेडको रू पाँच करोड ७८ लाख ५५ हजार र शिवम् सिमेन्ट  लिमिटेडको रू पाँच करोड ७८ लाख ३७ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने ग्लोबल बैंक लिमिटेडको प्रमोटर शेयर दुई लाख २३ हजार चार सय ३७ कित्ता खरिद बिक्री भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही