२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१ खर्बको निर्यात हुँदा १० खर्ब ५८ अर्बको आयात, व्यापार घाटा ९ खर्बमाथि

२०७९, २८ चैत्र मंगलवार ०९:३४

चैत २८, काठमाडौँ | चालु आर्थिक वर्षको ८ महिनामा वैदेशिक व्यापारतर्फ मुलुकले साढे ९ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । केन्द्रीय बैंकले मंगलबार जारी गरेको फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार समीक्षा अवधिमा मुलुकबाट १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात हुँदै गर्दा उताबाट १० खर्ब ५८ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवाको आयात भएको हो । 

तथ्याङ्क अनुसार समीक्षा अवधिमा मुलुकको वैदेशिक व्यापार घाटा ९ खर्ब ५४ अर्ब रुपैयाँ देखिएको छ । समीक्षा अवधिमा निर्यात २९.१ प्रतिशतले र आयात १९.१ प्रतिशतले घट्न पुगेको छ ।  यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा निर्यात ८२.९ प्रतिशतले बढेको थियो भने आयात ३८.७ प्रतिशतले बढेको थियो ।   

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.५ प्रतिशत र ४.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ६.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, अलैँची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ