३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१ खर्बको निर्यात हुँदा १० खर्ब ५८ अर्बको आयात, व्यापार घाटा ९ खर्बमाथि

२८ चैत्र २०७९, मंगलवार ०९:३४

चैत २८, काठमाडौँ | चालु आर्थिक वर्षको ८ महिनामा वैदेशिक व्यापारतर्फ मुलुकले साढे ९ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । केन्द्रीय बैंकले मंगलबार जारी गरेको फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार समीक्षा अवधिमा मुलुकबाट १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात हुँदै गर्दा उताबाट १० खर्ब ५८ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवाको आयात भएको हो । 

तथ्याङ्क अनुसार समीक्षा अवधिमा मुलुकको वैदेशिक व्यापार घाटा ९ खर्ब ५४ अर्ब रुपैयाँ देखिएको छ । समीक्षा अवधिमा निर्यात २९.१ प्रतिशतले र आयात १९.१ प्रतिशतले घट्न पुगेको छ ।  यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा निर्यात ८२.९ प्रतिशतले बढेको थियो भने आयात ३८.७ प्रतिशतले बढेको थियो ।   

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.५ प्रतिशत र ४.९ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ६.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, अलैँची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही