२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वारीबेनीदेखि मल्लाज जोड्ने सडक सम्झौता अवधिभन्दा अगावै सम्पन्न

२०८०, ४ बैशाख सोमबार ०२:५६

वैशाख ४, पर्वत । यहाँको एक सडक आयोजना सम्झौता अवधिभन्दा एक महिनाअगावै सम्पन्न भएको छ ।  जिल्लाको जलजला गाउँपालिकाको वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजनाको काम सम्झौता अवधिभन्दा एक महिनाअघिनै सकिएको हो । जलजला  र गण्डकी प्रदेश सरकारको साझेदारीमा वारीबेनीदेखि मल्लाजको माइनडाँडासम्मको सडक ढलान गर्ने काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएको छ । 

वारीबेनी–मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्यावियन र मेसिनरी पर्खाल निर्माण गर्न ती दुई निकायले रु एक÷एक करोड बिनियोजन गरेका थिए । कालिका इन्फ्रास्टक्चर प्रालिले रु एक करोड १५ लाखमा ठेक्का पाएको यो सडक निर्माण सकिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । विभिन्न ठाउँमा चार सय सात मिटर सडक ढलान र नाली निर्माण भएको इञ्जिनियर सुनल बानियाँले बताउनुभयो । मेसिनरी र ग्यावियन पर्खाल बनाएर सडकको ग्रेड तथा मोड सुधार गरिएको हो । यही वैशाख २५ गतेसम्म सम्झौताको म्याद थियो । म्याद सकिनुभन्दा एक महिनाअघिनै निर्माण व्यवसायीले काम सकेका छन् ।

पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघिनै सडक निर्माण गरेको निर्माण कम्पनीका सञ्चालक विप्लप हमालले जानकारी दिनुभयो । धेरै विकास आयोजना ढिलासुस्तीले अलपत्र र बेवारिसे बनेको अवस्थामा वारीबेनी मल्लाज सडक भने लक्ष्यअघिनै सकिएको छ ।

तीन किलोमिटर दूरीको वारीबेनी मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएपछि यात्रा सहज भएको फट्केढुङ्गाका भगवान जिसीले बताउनुभयो । यो सडक जलजलाको १, २, ३, ४, ५ नम्बर वडाका साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चे, नागीका बासिन्दाले प्रयोग गर्दै आएका छन् ।

मल्लाजको भुरतुलादेखि मल्लाज हुँदै लेकफाँट जोड्ने सडक सङ्घीय सरकारको सडक डिभिजन र फड्केढुङ्गाको दोवदोवेदेखि मल्लाजसम्म सडक सहरी विकास कार्यालयमार्फत स्तरोन्नतिको काम भइरहेको छ । सङ्घीय सरकारको रणनीतिक महत्वका सडक कार्यक्रम मार्फत मल्लाज–लेकफाँट सडक स्तरोन्नति गर्न रु ३७ करोडमा ठेक्का पाएको रायमाझी कन्ट्रसन प्रालिले प्रारम्भिक चरणको कामलाई तीव्रता दिएको छ ।

मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँटसम्म करिब १० किलोमिटर सडक सात मिटर चौडाइका दरले कालोपत्र र ढलानका साथै नाली, पर्खाल निर्माण गर्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने काम भइरहेको  उपाध्यक्ष  आचार्यले बताउनुभयो ।

यसैगरी सहरी विकास कार्यालय बागलुङमार्फत दोवदोवेदेखि मल्लाज हुँदै बाँसखर्कको सिमानासम्मको पाँच किलोमिटर सडक स्तरोन्नति गर्न ठेक्का पाएको निर्माण कम्पनीले पनि सडक विस्तारको प्रारम्भिक चरणको काम गरिरहेको छ । यो सडकलाई पनि पाँच मिटर चौडाइका दरले कालोपत्र गर्ने योजना छ । केही दिनयता भने सडक निर्माणको काम सुस्ताएको मल्लाजका बासिन्दाले बताएका छन् ।

उक्त सडक खण्डको आइतबार जलजलापालिकाका उपाध्यक्ष आचार्यको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदी, इञ्जिनियर सुनिल बानियाँलगायतको टोलीले अनुगमन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ