३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वारीबेनीदेखि मल्लाज जोड्ने सडक सम्झौता अवधिभन्दा अगावै सम्पन्न

४ बैशाख २०८०, सोमबार ०२:५६

वैशाख ४, पर्वत । यहाँको एक सडक आयोजना सम्झौता अवधिभन्दा एक महिनाअगावै सम्पन्न भएको छ ।  जिल्लाको जलजला गाउँपालिकाको वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजनाको काम सम्झौता अवधिभन्दा एक महिनाअघिनै सकिएको हो । जलजला  र गण्डकी प्रदेश सरकारको साझेदारीमा वारीबेनीदेखि मल्लाजको माइनडाँडासम्मको सडक ढलान गर्ने काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएको छ । 

वारीबेनी–मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्यावियन र मेसिनरी पर्खाल निर्माण गर्न ती दुई निकायले रु एक÷एक करोड बिनियोजन गरेका थिए । कालिका इन्फ्रास्टक्चर प्रालिले रु एक करोड १५ लाखमा ठेक्का पाएको यो सडक निर्माण सकिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । विभिन्न ठाउँमा चार सय सात मिटर सडक ढलान र नाली निर्माण भएको इञ्जिनियर सुनल बानियाँले बताउनुभयो । मेसिनरी र ग्यावियन पर्खाल बनाएर सडकको ग्रेड तथा मोड सुधार गरिएको हो । यही वैशाख २५ गतेसम्म सम्झौताको म्याद थियो । म्याद सकिनुभन्दा एक महिनाअघिनै निर्माण व्यवसायीले काम सकेका छन् ।

पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघिनै सडक निर्माण गरेको निर्माण कम्पनीका सञ्चालक विप्लप हमालले जानकारी दिनुभयो । धेरै विकास आयोजना ढिलासुस्तीले अलपत्र र बेवारिसे बनेको अवस्थामा वारीबेनी मल्लाज सडक भने लक्ष्यअघिनै सकिएको छ ।

तीन किलोमिटर दूरीको वारीबेनी मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएपछि यात्रा सहज भएको फट्केढुङ्गाका भगवान जिसीले बताउनुभयो । यो सडक जलजलाको १, २, ३, ४, ५ नम्बर वडाका साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चे, नागीका बासिन्दाले प्रयोग गर्दै आएका छन् ।

मल्लाजको भुरतुलादेखि मल्लाज हुँदै लेकफाँट जोड्ने सडक सङ्घीय सरकारको सडक डिभिजन र फड्केढुङ्गाको दोवदोवेदेखि मल्लाजसम्म सडक सहरी विकास कार्यालयमार्फत स्तरोन्नतिको काम भइरहेको छ । सङ्घीय सरकारको रणनीतिक महत्वका सडक कार्यक्रम मार्फत मल्लाज–लेकफाँट सडक स्तरोन्नति गर्न रु ३७ करोडमा ठेक्का पाएको रायमाझी कन्ट्रसन प्रालिले प्रारम्भिक चरणको कामलाई तीव्रता दिएको छ ।

मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँटसम्म करिब १० किलोमिटर सडक सात मिटर चौडाइका दरले कालोपत्र र ढलानका साथै नाली, पर्खाल निर्माण गर्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने काम भइरहेको  उपाध्यक्ष  आचार्यले बताउनुभयो ।

यसैगरी सहरी विकास कार्यालय बागलुङमार्फत दोवदोवेदेखि मल्लाज हुँदै बाँसखर्कको सिमानासम्मको पाँच किलोमिटर सडक स्तरोन्नति गर्न ठेक्का पाएको निर्माण कम्पनीले पनि सडक विस्तारको प्रारम्भिक चरणको काम गरिरहेको छ । यो सडकलाई पनि पाँच मिटर चौडाइका दरले कालोपत्र गर्ने योजना छ । केही दिनयता भने सडक निर्माणको काम सुस्ताएको मल्लाजका बासिन्दाले बताएका छन् ।

उक्त सडक खण्डको आइतबार जलजलापालिकाका उपाध्यक्ष आचार्यको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदी, इञ्जिनियर सुनिल बानियाँलगायतको टोलीले अनुगमन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही