अजयकुमार साह, असोज ९, उदयपुर । नेपालीहरुको महान चाड दशैतिहार नजिकिदै गर्दा देशको पूर्वी माथिल्लो सगरमाथा सडक राजमार्ग निरन्तरको पहिरोका कारण सम्पर्क जिर्ण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  अजयकुमार साह, असोज ९, उदयपुर । नेपालीहरुको महान चाड दशैतिहार नजिकिदै गर्दा देशको पूर्वी माथिल्लो सगरमाथा सडक राजमार्ग निरन्तरको पहिरोका कारण सम्पर्क जिर्ण "/>
२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चाडपर्वको बेला माथिल्लो सगरमाथा सडक सम्पर्क विच्छेद

२०७३, ९ आश्विन आईतवार ०६:४६

 अजयकुमार साह, असोज ९, उदयपुर । नेपालीहरुको महान चाड दशैतिहार नजिकिदै गर्दा देशको पूर्वी माथिल्लो सगरमाथा सडक राजमार्ग निरन्तरको पहिरोका कारण सम्पर्क जिर्ण बन्न गएको छ ।

सिरहाको मिर्चैया देखी उदयपुरको कटारी घुर्मी हुँदै माथिल्लो सगरमाथा जोड्ने सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकखण्डमा भदौंमा परेको निरन्तर बर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि माथिल्लो सगरमाथा सडक सम्पर्क विच्चेद बन्न पुगेको हो । 

उदयपुरको हर्देनी–२, लप्सेमा गत बुधबार गएको पहिरोले सडक अवरुद्ध हुँदा सगरमाथा अंञ्चलको पहाडी जिल्लाहरु ओखलढुंगा, खोटाङ, सोलुखुम्बु र सिन्धुलीको केही भाग सडक सम्पर्क विच्छेद बनेको हो । सवारी साधन छिर्न नसक्ने गरी सडक माथिदेखि नै भत्किएर गएपछि त्यसक्षेत्रको यातायात सेवा ठप्प बनेको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष राजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।

पहिरो गएको सय मिटर भन्दा लामो क्षेत्रमा सडक बगेको छ । पहिरोले सडक पुरै अवरुद्ध भएपछि पहिरो वारीको सवारी साधन वारी नै र पारीको पारी नै अलपत्र परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएकोछ ।

त्यहाँसम्म पुगेका यात्रुहरु भने जोखिम मोलेर पहिरोबाट वारपार गरिरहेका छन् । यात्रुलाई वारपार गर्नका लागि सामान्य पाईतालो अटाउने ट्रयाक बनाईएको छ । बाध्यताका बीच यात्रुहरु जोखिपूर्ण ठाउँमा असुरक्षित यात्रा गरिरहेको स्थानीयले बताएका छन् । मानिसको पाईला मात्रै अडिने पहिरोको उच्च जोखिममा मजदुरहरुले यात्रुहरुका सामानहरु ओसार पसार गर्ने गरेका छन् । मजदुरहरुले आफु खुशी पैसा लिएर  सामान ओसारपसार गर्दा यात्रुहरु ठगिने क्रम बढ्दै गएको एक यात्रुले बताए । एउटा मोटरसाईकल तार्न मात्र २ हजार ५ सयसम्म तिर्नु परेको घुर्मीका एक स्थानिय व्यापारीले बताए ।

नेपालीहरुको महान चाड दसैं नजिकिंदै गर्दा दसैका लागि खाद्यान्न लिएर पहाडी जिल्ला हिंडेका सवारीसाधन अलपत्र परेका छन् । दशै, तिहारका लागि सामान जोहो गरेका व्यापारी व्यवसायीहरुले समयमै ढुवानी गर्न नपाएपछि अभावको समस्या आउने देखिएको छ भने महंगी पनि बढ्ने चिन्ता छाएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नीरिक्षक मदन गिरीका अनुसार भत्किएको सडक मर्मत कार्य जारी रहेको छ । पहिरोले भत्किएर ठूलो सडक क्षती भएको र बर्षा निरन्तर भईरहेको हुँदा सडक खन्दैजाँदा माथिबाट पुर्ने क्रम पनि नरोकिएकोले ढिलाई भईरहेको छ । कटारी स्थित इलाका प्रहरी र इलाका प्रशासनले सडक भिडिजन कार्यालय लहानसंग समन्वय गरी स्काईभेटर प्रयोग गरी सडक मर्मत कार्य भईरहेको जनाएकोछ । उक्त क्षेत्रमा सवारीसाधन आवत जावत पूर्ण रुपमा सन्चालन गर्नका लागि अझ तीन÷चारदिन लाग्ने जनाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त