२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

किन उठाउँदैछ सरकारले साउनमै ऋण ?

१७ श्रावण २०८०, बुधबार १०:२२

साउन १७, काठमाडौँ | गत वर्ष सरकारले कात्तिकमा मात्र ऋण उठाएको सार्वजनिक ऋण व्यवस्थापनको (पिडिएमओ) कार्यालयले जनाएको छ । तर यो पटक ब्याजदर केही सस्तो भएकोले ऋण उठाइहालौं भन्ने मानसिकतामा सरकार देखिएको हुन सक्ने पिडिएमओ स्रोतले बताएको छ ।

अर्कोतर्फ भदौ असोजमा खर्च गर्ने पैसा पनि नहोला भनेर अहिले देखिनै जोहो गर्न खोजेको पनि हुनसक्ने स्रोत बताउँछ । यो वर्ष सरकारले साउनमा मात्रै २ पटक गरी २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ । अहिले करिब ६ प्रतिशत ब्याजदर रहेको पिडिएमओले जनाएको छ । गत वर्ष सरकारले १२ प्रतिशतसम्मको ब्याजदरमा आन्तरिक ऋण उठाएको थियो ।

पहिलोपक नेपाल राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘छ’ बोलकबोल प्रक्रियाद्वारा साउन १९ गते निष्काशन गर्न लागेको छ । १० अर्बको विकास ऋणपत्र १८ गते बोलकबोल हुनेछ । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र अर्धवािर्षक रुपमा भुक्तानी हुनेछ ।

यो ऋणपत्र धितो राखी कर्जा लिन/दिन पाइनेछ । बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८.५ अर्ब र १.५ अर्ब छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिनेछ ।

राष्ट्र बैंकमार्फत सरकारले पहिलो त्रैमासमा नै (साउन देखि असोजसम्म) ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । नेपाल सरकारले आर्थिक विकासका लागि न्यून वित्त परिचालनको स्रोतका रूपमा आन्तरिक ऋण लिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ