असोज १६, पाल्पा । पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, पाल्पा । पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् । 

<"/>
२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इन्टरनेटको सहायताबाट आम्दानी

२०७३, १६ आश्विन आईतवार ०३:२७

असोज १६, पाल्पा । पाल्पा जिल्लाको रुप्से गाविस–४, खसाडीका २२ वर्षीय ताराप्रसाद पाण्डेयले इन्टरनेटको सहायताले हाँस र टर्की पालन गरी आम्दानी लिन सफल भएका छन् । 

हाँस र टर्की पालनसम्बन्धी अध्ययन र अनुभव नभएपछि अत्याधुनिक प्रविधि इन्टरनेटमा गुगल सर्च गरेर पाण्डेयले व्यावसायिक रुपमा हाँस र टर्की पालनसम्बन्धी अध्ययन गरेर मासिक रु ५० हजार आम्दानी गर्न सफल भएका हुन् । 

गुगलमा हाँस र टर्की पालन गर्ने तरिका सिक्नका लागि पाण्डेयले करिब एकवर्षदेखि इन्टरनेट प्रयोग गर्दै आएका हुन् । 

एक बिगाहा क्षेत्रफलमा हाँस तथा टर्कीको फार्म सञ्चालन गरेका पाण्डेय पहाडी जिल्ला पाल्पामा समेत हाँस र टर्की पालन व्यवसायमा सफल बन्दै यस क्षेत्रकै नमुना बनेका छन् । 

एक वर्षअघिदेखि टर्की र हाँस पालन सुरु गरेका पाण्डेयले गुगलको सहयोग लिएर एक हजार ५०० हाँसको रेखदेख र २०० टर्कीको चल्ला हुर्काउन सफल भएपछि उनमा थप उत्साह थपिएको छ । 

पाण्डेयले नयाँ नयाँ जातका कुखुराको अध्ययन र अनुसन्धान गरिरहेका छन् । पचास वटा टर्की हुर्काएर प्रतिकिलो रु ९०० देखि रु एक हजार २०० मा घरबाट नै निकासी हुँदै आएको छ । टर्कीको मासुको खपत सहज रुपमा हुने र पोखरा, बुटवल, काठमाडौँमा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । 

सुरुमा टर्कीको चल्ला फ्रान्सबाट ल्याएर व्यवसाय सञ्चालन गरेका पाण्डेय अहिले पोखराबाट टर्कीको चल्ला ल्याउन पाउँदा खुसी छन् । कक्षा–१२ सम्मको अध्ययन गरेका पाण्डेय व्यावसायिक पक्षी फार्मको विकास गर्ने लक्ष्य लिएको बताउनुहुन्छ । 

पहिलो पटक जिल्लामै यति धेरै हाँस पालन गरेका पाण्डेयले मेहनत कम धेरै आम्दानी लिन सकिने व्यवसाय रहेको बताउनुहुन्छ । हाँसको रोग प्रतिरोधात्मक शक्ति बढी हुने र कम क्षति हुने हुँदा यसबाट राम्रो फाइदा लिन सकिने उहाँ बताउनुहुन्छ । 

यहाँ उत्पादित हाँसको तानसेन, खहरे, बुटवल, पोखरामा प्रतिकिलो रु ५०० देखि ६००मा बिक्री हुने गरेपछि पाण्डेयलाई हाँस र टर्की पालन गर्नका लागि थप मेहनत र जाँगर मिलेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?