२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक महिनामा १६ करोडको सिमेन्ट निर्यात

२०८०, २९ भाद्र शुक्रबार ०८:४२

भदौ २९, काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकबाट १६ करोड ४४ लाख ६५ हजार रुपैयाँ बराबरको २५ हजार ७ सय ४२ टन क्लिंकर निर्यात भएको छ। साउनमै ७ करोड ५ लाख २४ हजार रुपैयाँ बराबरको ९ हजार ५ सय ७३ टन तयारी सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांक छ। गत आर्थिक वर्षमा ३५ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको सिमेन्ट र ४२ करोडको क्लिंकर निर्यात भएको थियो।

नेपालबाट सिमेन्ट र क्लिंकर भारतमा मात्रै निर्यात भएको विभागको तथ्यांक छ। नेपालले यसअघि पनि ०६९/७० मा सिमेन्ट तथा क्लिंकर निर्यात गरेको थियो। तर दुई आर्थिक वर्षपछि त्यसलाई निरन्तरता दिन सकेको थिएन। पछिल्ला तीन आर्थिक वर्षदेखि फेरि सिमेन्ट निर्यात हुन थालेको हो। आर्थिक वर्ष ०६९/७० मा २ लाख १८ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको थियो। भारतबाटै कच्चा पदार्थ ल्याई तयारी सिमेन्ट निर्यात गर्दा लागत महँगो र उद्योग आत्मनिर्भर नहुँदा निकासीले निरन्तरता पाउन नसकेको र अहिले सरकारले सिमेन्ट निर्यातमा अनुदान दिनेलगायत व्यवस्था र उद्योग पनि आत्मनिर्भर भइसकेकाले निर्यात सुरु भएको सरोकारवालाको दाबी छ।

सिमेन्ट निर्यात बढ्ने मात्रै होइन, आयातसमेत घटिरहेको छ । ०७८/७९ मा ६८ करोड ९३ लाख ५३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर आयात भएको थियो । ०७७/७८ मा भने ३ अर्ब ९८ करोड ६५ लाख ७ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर आयात भएको विभागले जनाएको छ । आर्थिक वर्ष ०७६/७७ मा ४ अर्ब ८६ करोड ८९ लाख ६९ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर आयात भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा १२ अर्ब ९९ करोड १६ लाख ६४ हजार सिमेन्ट र क्लिंकर आयात भएको विभागको तथ्यांक छ । यसको अर्थ नेपालमा पर्याप्त सिमेन्ट उत्पादन भई निर्यातको ढोका खुला भएको छ ।

सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको ५/६ वर्ष भइसकेको संघले जनाएको छ । सन् २०१८/१९ मा १० करोड टन माग भएकामा गत वर्ष ८ करोड टन मात्रै थियो । यस वर्ष ८ करोड टन पनि नपुग्ने अवस्था रहेको संघले बताएको छ । करिब ३ सय अर्ब लगानी भएको उद्योग धराशायी हुने अवस्थामा छ । ‘सरकारले हाम्रो माग सम्बोधन गर्दै सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेको छ । गुणस्तर चिह्न अनिवार्य हुँदा भारतमा निर्यात गर्न भारतकै गुणस्तर चिह्न लिनुपर्छ । स्वदेशी सिमेन्ट ७/८ वटा उद्योगले गुणस्तर चिह्नका लागि आवेदन दिए पनि ३/४ वटाले मात्रै चिह्न पाएका छन् । भारतले गुणस्तर चिह्न दिन ढिलाइ गरिरहेकाले सरकारले यसबारे पहल गरिदिनुपर्ने संघका अध्यक्ष थापाले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै