२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

४ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कसरी पाइन्छ लाभांश ?

२०८०, २९ भाद्र शुक्रबार ०८:४९

भदौ २९, काठमाडौँ | हालसम्म ४ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार माछापुच्छ्रे, एभरेस्ट, सानिमा र एनआईसी एसिया बैंकले लाभांश घोषणा गरेका हुन् ।

माछापुच्छ्रे बैंकले १३.३ प्रतिशत सेयर बोनस र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश वितरणका लागि ‘बुक क्लोज’को मिति असोज ८ गतेलाई तोकेको छ । अर्थात् असोज ७ गतेसम्म सेयर होल्ड गर्नेहरु मात्रै लाभांशका लागि योग्य हुनेछन् ।

त्यस्तै एभरेस्ट बैंकले १० प्रतिशत सेयर बोनस र १०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको छ । हालै सानिमा बैंकले ९ प्रतिशत सेयर बोनस र ५.७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) घोषणा गरेको छ । एनआईसी एसिया बैंकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । एभरेस्ट, सानिमा र एनआईसी एसिया बैंकको बुक क्लोज मिति भने तय भइसकेको छैन ।

कसरी पाइन्छ लाभांश ?

सञ्चालक समितिले घोषणा गरेको लाभांश साधारणसभाबाट पारित भइसकेपछि मात्रै लगानीकर्ताले पाउँछन् । नगद लाभांश आफ्नो बैंक खातामा र सेयर बोनस डिम्याट खातामा पाउँछन् । साधारणसभा हुनुभन्दा अघि नै कम्पनीले सार्वजनिक सूचनामार्फत बुक क्लोजको मिति सार्वजनिक गर्छन् । ‘बुक क्लोज’भन्दा अघिल्लो दिनसम्म सेयर खरिद वा होल्ड गरेकालाई लाभांश दिइन्छ । बैंक तथा वित्तीय संस्थाको हकमा नियामक राष्ट्र बैंकले पनि लाभांश वितरणका लागि स्वीकृति दिनुपर्दछ ।

सेयर बोनसले लगानीकर्ताको सेयर संख्या थपिन्छ । उदाहरणको रुपमा, कुनै कम्पनीले लगानीकर्तालाई १० प्रतिशत नगद र ५ प्रतिशत सेयर बोनस गरी १५ प्रतिशत लाभांश घोषणा गरेको खण्डमा, १ सय कित्ता सेयर हुने लगानीकर्ताले सो कम्पनीबाट १ हजार नगद [१०० (सेयर संख्या) × १०० (अंकित मूल्य) × १० प्रतिशत)] र ५ कित्ता थप सेयर (१०० कित्ताको ५ प्रतिशत) पाउँछन् । सेयर बोनसपछि कम्पनीको सेयर मूल्य पनि सो अनुरुप समायोजन हुन जान्छ । अर्थात थपिएको सेयर संख्याको अनुपातमा 'बुक क्लोज'पछि मूल्य घटाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न