२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डलरको मूल्य हालसम्मकै उच्च, किन बढ्दैछ भाउ?

२ आश्विन २०८०, मंगलवार १२:१४

असोज २, काठमाडौँ | मंगलबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ। 

मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३३ रूपैयाँ ५४ पैसा तोकिएको छ। 

सोमबार भारतीय मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर भएपछि नेपाली मुद्रा पनि डलरको तुलनामा कमजोर भएको हो। 


सोमबार एक डलरको लागि भारतीयहरूले ८३.२७ भारु तिरिरहेका थिए। भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर (पेग्ड) गरिएकोले पनि भारतीय मुद्रा घट्दा नेपाली मुद्राको पनि भाउ घट्छ। 

कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिले पनि अमेरिकी डलरलाई बलियो बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। 

बेन्ट र डब्लुटिआई कच्चा तेलको मूल्य लगातार तीन सातादेखि वृद्धि भएको छ। यता भारतको व्यापार घाटा समेत १० महिनाकै उच्च भएको छ। भारतको व्यापार घाटा अगष्टमा २४ अर्ब डलर पुगेको छ। 

बुधबार अमेरिकी केन्द्रीय बैंक फेडबाट ब्याजदरसम्बन्धी घोषणा आउने बताइएको छ। अमेरिकामा मूल्य वृद्धिदरमा सुधार भइरहेपनि ब्याजदर नघट्ने भएको हो। 

सम्भवतः अब अन्तिम पटक ०.२५ बिन्दुले ब्याजदर बढ्नेछ। यो वृद्धिपछि गत २०२२ मार्च यता ११औं पटक ब्याजदर बढ्नेछ।

फेडको केही समयदेखि यो दर ५.२५ देखि ५.५० प्रतिशतसम्म सीमित पार्ने उद्देश्य लिइएको छ। हाल यो दर ५.५ प्रतिशत छ। यो बेन्चमार्क ब्याजदर सन् २००१ यताकै उच्च हो। 

अमेरिकामा केही समय अघिसम्म मूल्य वृद्धि दर ४० वर्षकै उच्च थियो। यो ९.१ प्रतिशतसम्म पुगेको थियो। जुनमा त्यहा मूल्य वृद्धि दर ३.७ प्रतिशत थियो।  

नेपालमा डलरको भाउ बढ्दा रेमिटेन्सबाट प्राप्त हुने रकम बढ्नेछ। तर, आयातित वस्तुको लागत बढ्नेछ भने मूल्य वृद्धिको सम्भावना समेत रहनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ