२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लाबाट यस बर्ष १६ करोडको स्याउ निर्यात

२०७३, २१ आश्विन शुक्रबार १४:१५

नन्दराम जैशी । असोज २१, जुम्ला । जुम्लाबाट यस बर्ष १६ करोड मुल्य बराबरको स्याउ निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङक अनुसार भदौ महिनाको पहिलो हप्ता देखि हाल सम्म १६ करोड मुल्य बराबरको स्याउ निर्यात भएको हो । 

कार्यालयका योजना अधिकृत बालकराम देबकोटाका अनुसार यस बर्ष उत्पादन भएको स्याउ निर्यात हुने क्रम अँझै जारी रहेकाले निर्यातदर बढ्न सक्ने बताइएको छ । उहाले भन्नुभयो, यस बर्ष उत्पादन भएको स्याउ भदौ महिनादेखि हालसम्म १४ सय टन अर्थात १६ करोड मुल्य बराबरको स्याउ जिल्ला बाहिर निर्यात भैसकेको छ । गत बर्षको तुलनामा यस बर्ष स्याउ उत्पादनमा ह्रास आएपनि स्याउको बजार मुल्य राम्रो पाइएकाले राजस्व बृद्धि हुनुका साथै कृषकको पनि आर्थिक बृद्धि भएको छ, उहाले बताउनुभयो । गत बर्ष २९ सय ५० टन अर्थात १४ करोड मुल्यको स्याउ जिल्ला बाहिर निर्यात भएको थियो । 

कर्णाली राजमार्गको स्तोरउन्नतिसँगै जुम्लाका ग्रामिण भेगसम्म सडक संजाल बिस्तार भएपछि पहिलेको तुलनामा अहिले ब्यपारीहरुलाइ स्याउ निर्यात गर्न निकै सकिलो भएको छ । सडक विस्तारकै कारण पहिले कृषकको घर बगैचामै मुल्य नपाएर थन्कीने गरेको स्याउ हाल देशका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ । भने कृषकले पनि घरमै बसेर राम्रै स्याउको मुल्य पाएका छन् । गत बर्ष मात्र कृषकको बगैचामा ए ग्रेड स्याउको प्रति केजि रु ४० परेकोमा यस बर्ष बगैचामै ए ग्रेड स्याउको प्रति केजि रु ६० ले ब्यापारीले खरीद गरेका छन् । गत बर्षको तुलनामा यस बर्ष स्याउले बाहिरी जिल्लामा पनि राम्रो मुल्य पाएको छ । जुम्लामा ए ग्रेड स्याउको प्रति केजि रु ६० मा विक्रि बितरण भैरहेकोमा नेपालगंज १ सय ५० र काठ्माडौ २ सय ५० रुपैयामा प्रति केजि स्याउ विक्रि भैरहेको छ । 

अहिले जुम्लाको स्याउ सुर्खेत, नेपालगंग, धनगढि, काठमाडौ, विराटनगर, बुटवल लगाएतका नेपालका प्रमुख ब्यापारीक बजारहरुमा बिक्रि बितरण हुने गरेको छ । तर जिल्लाको घोडेमहादेब जस्ता सबै ग्रामिण भेगसम्म सडक विस्तार हुनसके कृषकले डोको तथा भारीमा बोक्ने गरेको स्याउ सजिलै सवारी साधानबाट बजारसम्म पुग्ने थियो । गत बर्षको भन्दा यस बर्ष स्याउ फुल्ने समयमा खडेरी, हुरीबतास, एकै मात्रामा ठुलो असिना र पानि परेका कारण स्याउले खासै उत्पादन दिन नसकेको योजना अधिकृत देबकोटाले भनाइ छ । तर पछि स्याउ उत्पादनको समयमा आवाश्यक मात्रामा पानि पर्नुका साथै घाम लागेका कारण स्याउ थोरै मात्रामा उत्पादन भएपनि गुणस्तरीय उत्पादन भएको उहाले बताउनुभयो । 

साथै यस बर्ष असोज महिनामै उत्पादन भएको जुम्लाबाट ५ क्वीटल ओखर, १५ टन आलु, १० टन प्याज र २५ सय लिटर ढटेलोको तेल पनि जिल्ला बाहिर निर्यात भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङकमा उल्लेख गरीएको छ । सबै बस्तुको निर्यात क्रम जारी रहेकाले निर्यातदर बढ्न सक्ने जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति