३० बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल

९ बैशाख २०८२, मंगलवार १५:१३

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीका अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे मन्तव्य व्यक्त गर्दै लेनिनको जन्मजयन्तीका दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको बताउनुभयो ।

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उहाँले “लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिष्ट आन्दोलनका लागि गर्वको विषय हो”, भन्नुभयो ।

उहाँले कम्युनिष्ट पार्टीको सङ्घर्षपूर्ण इतिहासको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनले विभाजन र बलिदानबीच आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै भन्नुभयो, “आजको आवश्यकता कम्युनिष्टहरुलाई फेरि एकताबद्ध गर्नु हो। हामी विचार, सिद्धान्त र सच्चा कम्युनिष्टहरूका वैचारिक आधारमा एकता चाहन्छौँ । जनतामाझ पुगेर आफ्ना कमजोरीहरू सच्च्याउने प्रक्रियामा छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन्ः अर्थमन्त्री पौडेल जनतामा देखिएको असन्तुष्टिलाई राजावादीले दुरुपयोग गर्न खोजे,त्यस्तो शक्तिहरूलाई निस्तेज पार्नुपर्ने: प्रचण्ड सकियो न्यायिक सम्मेलन, आठ बुँदे घोषणापत्र जारी डिजिटल टेक्नोलोजी कारण विद्युत प्राधिकरणले ठूलो फड्को मारेको: कुलमान घिसिङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु सुन्धारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,२ जना घाइते छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते नक्कली प्रहरी बनेर डकैती गर्ने आठ जना पक्राउ सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द ७० वर्षको उमेरमा फेरि नयाँ क्रान्तिको नेतृत्व गर्ने :प्रचण्ड ‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’ विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध–शिक्षा महत्वपूर्णः प्रधानमन्त्री ओली रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु टर्कीमा राज्यविरुद्धको सशस्त्र संघर्ष अन्त्यको घोषणा राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान हाम्रो लडाई आतंकवाद र आतंककारीहरूविरुद्ध थियो: भारतीय सेना बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ