2026-10-02 10:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

काठमाडौँ | झापाको कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिका जोड्ने लक्ष्मीमार्ग कालोपत्रको काम सुरु भएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको रु सात करोड ५० लाखको लागतमा करिब पाँच किलोमिटर सडकको कालोपत्रको काम थालिएको हो । कुल ११ किमी लक्ष्मीमार्गको छ किमी सडक कालोपत्र भइसकेको र पाँच किमी सडकको निर्माणकार्य यही वैशाख मसान्तभित्र सम्पन्न गर्नेगरी काम भइरहेको कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले जानकारी दिनुभयो ।

लक्ष्मीमार्ग कालोपत्र भएपछि पूर्वपश्चिम लोकमार्गसँग कनकाई नगरपालिका–४ र ५ हुँदै झापा गाउँपालिकाको सिधा सम्पर्क हुने उहाँ बताउनुहुन्छ । “लक्ष्मीमार्ग पूर्वपश्चिम लोकमार्गसँग जोड्ने हाम्रो एकमात्र सडक हो”, वडाध्यक्ष सुवेदी भन्नुहुन्छ, “झापा गाउँपालिका हुँदै भारतीय सीमासम्म यो सडकले जोड्छ ।” थोरै बजेटबाट केही सडकखण्ड कालोपत्र गरिएको बताउनुहुँदै उहाँले प्रदेश र सङ्घीय सरकारले यो वर्ष बजेट उपलब्ध गराएकाले सडक कालोपत्र सम्पन्न हुने क्रममा रहेको बताउनुभयो । वर्षा सुरु हुनुपूर्व वैशाख मसान्तभित्रै सडक कालोपत्र सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कनकाई नगरपालिकाको एकल रु ६५ लाखको लागतमा सात सय मिटर, प्रदेश सरकार र स्थानीय तहको साझेदारी कनकाई नगरको रु ४५ लाख र कोशी प्रदेश सरकारको रु एक करोड २० लाखको लागतमा एक हजार ३०० मिटर र सङ्घीय सरकारको रु पाँच करोड २० लाखको लागतमा तीन हजार २०० मिटर सडक निर्माण भइरहेको वडाध्यक्ष सुवेदीले बताउनुभयो ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले छुट्टाछुट्टै बोलपत्र आह्वान गरी ठेक्का लगाएको यो सडकमा विभिन्न पाँचवटा निर्माण कम्पनीले धामधम काम गरिरहेका छन् । सडक निर्माण भएपछि राजमार्गसँग यहाँका नागरिकको सिधा पहुँच पुग्ने वडाध्यक्ष सुवेदी बताउनुहुन्छ । “सडक कालोपत्र नहुँदा यहाँ उत्पादित कृषिजन्य वस्तु बजारसम्म पुर्याउन समस्या थियो, हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने यो सडक बनेपछि कनकाई र झापा गाउँपालिकाका स्थानीयवासी लाभाविन्त हुनेछन्”, वडाध्यक्ष सुवेदीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता