४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बीमाबापत अहिलेसम्म १२ अर्ब भुक्तानी

३ कार्तिक २०७३, बुधबार ०६:४२

कृष्णराज गौतम/कात्तिक ३, काठमाडौँ । गत वर्ष भूकम्पमा परी क्षति भएका तथा जोखिम भएका घरलाई बीमाबापत अहिलेसम्म रू १२ अर्ब तीन करोड दुई लाख भुक्तानी गरिएको छ । 

बीमा समितिले अहिलेसम्म १६ हजार तीन सय ४३ घरको प्रिमियम भुक्तानी भई सो रकम विभिन्न बीमा कम्पनीमार्फत घरधनीलाई उपलब्ध गराएको जनाएको छ । 

सो रकम गत भदौ मसान्तसम्म भुक्तानी भएको रकम हो । गत वर्ष वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका परकम्पबाट आवासीय घर तथा ठूला महलको समेत क्षति भएको थियो । 

समितिका अध्यक्ष प्रा डा फत्तबहादुर केसीले बीमाप्रति सर्वसाधारणलाई आकर्षित गर्न विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसारको अभिवृद्धि गरिएपछि अहिले त्यसप्रति उनीहरुको चासो र सरोकार वृद्धि भएकामा खुसी व्यक्त गर्नुभयो । 

उहाँले बीमा व्यवसायबाट आव २०७१÷७२ मा रू ३६ अर्ब २८ करोड ९० लाख बीमा शुल्क आर्जन भएको जानकारी दिँदै २०७०÷७१ मा रू ३० अर्ब ४३ करोड १३ लाख बीमा शुल्क आर्जन भएको बताउनुभयो । सो रकम १९ प्रतिशतले बढी हो । 

विसं २०२५ मा बीमा व्यवसायको वृद्धि, विकास, नियन्त्रण तथा अनुगमन गर्नका लागि नियमकारी निकायका रुपमा अर्थ मन्त्रालयको एकाइका रुपमा बीमा समितिको स्थापना भएको थियो । विसं २०४९ मा आएको बीमा ऐनले सो व्यवसायलाई व्यवस्थित बनाउन आवश्यक जिम्मेवारीका साथ स्वायत्त संस्थाका रुपमा समितिलाई स्थापित गरेको हो । 

सम्बन्धित घरधनीले भूकम्प जानुअगाडि बीमा गरेका ती घर, अपार्टमेन्ट तथा मलको सङ्ख्या १७ हजार आठ सय ४० घर रहेको र सोही अनुसारको दाबी परेकामा एक हजार चार सय ९७ घरको प्रिमियम भुक्तानीको प्रक्रिया चलिरहेको छ । 

केही जटिल प्रक्रियाका समस्या रहेका दाबीउपर बीमा दाबी उजुरी छानबिन समितिले छानबिन गरिरहेको समितिका उपनिर्देशक ध्रुव तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार एकपटक भुक्तानी भएपछि पुनः आएका परकम्पबाट क्षति भएका घर तथा आवास भत्किएकाले पनि समस्या बढेको छ । 

नेपालमा नौवटा जीवन बीमा कम्पनी तथा १६ वटा निर्जीवन बीमा कम्पनी कार्यरत छन् । घर, मोटरलगायतको गरिने बीमा निर्जीवन कम्पनीले गर्ने गर्दछन् । बीमा गर्न चाहने सर्वसाधारणलाई बीमाप्रति आकर्षित गराउनका लागि पछिल्लो समय बीमा समितिले सबै कम्पनीलाई थप व्यवस्थित बनाउन चुक्ता पुँजी बढाउन आग्रह गरेको छ । 

अर्थशास्त्री राधेश्याम मालाकारले कुनै पनि विपत् तथा भवितव्यबाट जीवन तथा भौतिक सम्पत्ति जोखिममा रहँदा नजिकका आफन्तले त्यसको क्षति प्राप्त गर्न सक्ने हुँदा बीमा सेवालाई ग्रामीण भेगसम्म पु¥याउन खाँचो रहेको बताउनुभयो । 

क्यानाडामा अर्थशास्त्रमा विद्यावारिधि पूरा गर्न लाग्नुभएका मालाकारले भन्नुभयो–“बीमा भनेको एउटाको जोखिम अर्काले उठाउने हो ।” अहिले कृषि, पशुपालन, विभिन्न बाली तथा उद्योगमा पनि बीमाको व्यवस्था भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने