२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बीमाबापत अहिलेसम्म १२ अर्ब भुक्तानी

२०७३, ३ कार्तिक बुधबार ०६:४२

कृष्णराज गौतम/कात्तिक ३, काठमाडौँ । गत वर्ष भूकम्पमा परी क्षति भएका तथा जोखिम भएका घरलाई बीमाबापत अहिलेसम्म रू १२ अर्ब तीन करोड दुई लाख भुक्तानी गरिएको छ । 

बीमा समितिले अहिलेसम्म १६ हजार तीन सय ४३ घरको प्रिमियम भुक्तानी भई सो रकम विभिन्न बीमा कम्पनीमार्फत घरधनीलाई उपलब्ध गराएको जनाएको छ । 

सो रकम गत भदौ मसान्तसम्म भुक्तानी भएको रकम हो । गत वर्ष वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका परकम्पबाट आवासीय घर तथा ठूला महलको समेत क्षति भएको थियो । 

समितिका अध्यक्ष प्रा डा फत्तबहादुर केसीले बीमाप्रति सर्वसाधारणलाई आकर्षित गर्न विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसारको अभिवृद्धि गरिएपछि अहिले त्यसप्रति उनीहरुको चासो र सरोकार वृद्धि भएकामा खुसी व्यक्त गर्नुभयो । 

उहाँले बीमा व्यवसायबाट आव २०७१÷७२ मा रू ३६ अर्ब २८ करोड ९० लाख बीमा शुल्क आर्जन भएको जानकारी दिँदै २०७०÷७१ मा रू ३० अर्ब ४३ करोड १३ लाख बीमा शुल्क आर्जन भएको बताउनुभयो । सो रकम १९ प्रतिशतले बढी हो । 

विसं २०२५ मा बीमा व्यवसायको वृद्धि, विकास, नियन्त्रण तथा अनुगमन गर्नका लागि नियमकारी निकायका रुपमा अर्थ मन्त्रालयको एकाइका रुपमा बीमा समितिको स्थापना भएको थियो । विसं २०४९ मा आएको बीमा ऐनले सो व्यवसायलाई व्यवस्थित बनाउन आवश्यक जिम्मेवारीका साथ स्वायत्त संस्थाका रुपमा समितिलाई स्थापित गरेको हो । 

सम्बन्धित घरधनीले भूकम्प जानुअगाडि बीमा गरेका ती घर, अपार्टमेन्ट तथा मलको सङ्ख्या १७ हजार आठ सय ४० घर रहेको र सोही अनुसारको दाबी परेकामा एक हजार चार सय ९७ घरको प्रिमियम भुक्तानीको प्रक्रिया चलिरहेको छ । 

केही जटिल प्रक्रियाका समस्या रहेका दाबीउपर बीमा दाबी उजुरी छानबिन समितिले छानबिन गरिरहेको समितिका उपनिर्देशक ध्रुव तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार एकपटक भुक्तानी भएपछि पुनः आएका परकम्पबाट क्षति भएका घर तथा आवास भत्किएकाले पनि समस्या बढेको छ । 

नेपालमा नौवटा जीवन बीमा कम्पनी तथा १६ वटा निर्जीवन बीमा कम्पनी कार्यरत छन् । घर, मोटरलगायतको गरिने बीमा निर्जीवन कम्पनीले गर्ने गर्दछन् । बीमा गर्न चाहने सर्वसाधारणलाई बीमाप्रति आकर्षित गराउनका लागि पछिल्लो समय बीमा समितिले सबै कम्पनीलाई थप व्यवस्थित बनाउन चुक्ता पुँजी बढाउन आग्रह गरेको छ । 

अर्थशास्त्री राधेश्याम मालाकारले कुनै पनि विपत् तथा भवितव्यबाट जीवन तथा भौतिक सम्पत्ति जोखिममा रहँदा नजिकका आफन्तले त्यसको क्षति प्राप्त गर्न सक्ने हुँदा बीमा सेवालाई ग्रामीण भेगसम्म पु¥याउन खाँचो रहेको बताउनुभयो । 

क्यानाडामा अर्थशास्त्रमा विद्यावारिधि पूरा गर्न लाग्नुभएका मालाकारले भन्नुभयो–“बीमा भनेको एउटाको जोखिम अर्काले उठाउने हो ।” अहिले कृषि, पशुपालन, विभिन्न बाली तथा उद्योगमा पनि बीमाको व्यवस्था भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?