१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डलरको भाउमा झिनो परिवर्तन, यस्ताे रहेकाे छ विनिमयदर

२३ चैत्र २०८०, शुक्रबार ०२:४४

चैत २३, काठमाडौ | नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ झिनो परिवर्तन आएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८१ पैसा कायम गरिएको छ । यसअघि बिहिबार एक डलरको खरिदमूल्य १३३ रूपैयाँ २० पैसा र बिक्रीदर १३३ रूपैयाँ ८०  कारोबार भएको थियो ।  

शुक्रबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ६७ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ३२ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरो एक रुपैयाँ ०७ पैसाले बढेको छ । बिहिबार युरोको खरिदमूल्य १४३ रूपैयाँ ६० पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ २४ पैसा कायम गरिएको थियो ।  

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ६४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४० पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा एक रुपैयाँ ०७ पैसाले बढेको हो । बिहिबार यसको खरिददर १६७ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३३ पैसा रहेको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ०६ र बिक्रीदर ८८ रूपैयाँ ४६ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १२ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९३ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ११ पैसा र बिक्रीदर २८ रूपैयाँ २३ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४३३ रूपैयाँ १५ पैसा र बिक्रीदर ४३५ रूपैयाँ १० पैसा र बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव