९ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सन्दर्भ स्थानिय निकाय गठन तरङ्ग, बुर्तिबाङ नगर–हप्तामै दुई फरक निर्णय

९ कार्तिक २०७३, मंगलवार ०२:०४

कृष्ण कँडेल । कार्तिक ९, बुर्तिबाङ | बुर्तिबाङलाई केन्द्र मानेर बन्ने स्थानिय निकायलाई नगरपालिका बनाउने विषयमा स्थानिय राजनैतिक दलले फेरी अर्को निर्णय गरेका छन् । बुर्तिबाङ नगरबिकास समितिको आयोजनामा सोमबार भएको सर्वदलिय बैठकमा बुर्तिबाङ गाविस समेत पर्ने ईलाका नम्बर–१० का ४ ओटा, १२ मा पर्ने ४ ओटा र ईलाका नम्बर–१३ मा पर्ने ३ ओटा गाविसलाई समेटेर नगरपालिका बनाउने निर्णय गरेका हुन् ।

स्थानिय निकाय गठन सम्बन्धि एउटै विषयमा दलहरुको एकहप्ता भित्रै दुई फरक–फरक निर्णय आएको हो । यसअघि कात्तिक २ गते ईलाका नम्बर–१० का ४ ओटा गाविसको मात्रै नगरपालिका बनाउने निर्णय गरेका थिए । त्यो बेलाको बैठकमा सवै गाविसलाई एकमत बनाउन नसकिने भन्दै ११ गाविसलाई नै नगरपालिका बनाउने विषयलाई दोस्रो विकल्पमा राखिएको थियो । पहिलेदेखि नै बुर्तिबाङलाई नगरपालिका बनाउनुपर्ने माग राख्दै आएका दलहरुले जिल्ला प्रविधिक समितिले गाउँपालिका नै बनाउने सिफारिस गरेपछि त्यसलाई नमान्ने भन्दै डेलिगेशन समिति गठन गरेका थिए । 

ईलाका नम्बर–१० को मात्र नगरपालिका बनउँदा साधनस्रोत सम्पन्न बलियो नगरपालिका नबन्ने र २०६८ को जनगणना अनुसर जनसंख्याको मापदण्ड नपुग्ने भन्दै उनिहरुले ३ ओटा ईलाकामा पर्ने निसी, भुजि र तमान खोलाका ११ गाविसको नगरपालिका बनाउने निर्णय गरेका हुन् । 

विगतदेखि नै पछि परेको बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा जसरीपनि नगरपालिका बनाउनुपर्ने दावि गर्दै नगरविकास समितिा अध्यक्ष अर्जुन सेरचनले भने, “नगरपालिका बनाउने हाम्रो मागप्रति राजनैतिक दलको जिल्ला नेतृत्व र सरकारी निकायले कहिल्यै वास्ता गरेनन्, त्यसैले नगरपालिकाको लागि सवै एक भएर लाग्नुपर्ने भएकाले यस्तो निर्णय गर्नुपरेको हो ।” 

ईलाका नम्बर–१० मा बुर्तिबाङ सहित भुजिखोलाका राजकुत, अधिकारीचौर र बोबाङ गाविस पर्दछन् । तमानखोलाका तमान, खुङ्गा, बोङ्गादोभान र खुङ्खानी गाविस १२ नम्बर ईलाका अन्तरगत पर्छन् । निसीखोलाका देविस्थान, बोहरागाउँ र निसी चाहिँ १३ नम्बर ईलाकामा पर्छन् । यसअघि जिल्ला प्राविधिक समितिले बुर्तिबाङ सहित तमान र भुजीखोलाका सातओटा गाविसलाई समेटेर बुर्तिबाङ केन्द्र हुने गरि ढोरपाटन गाउँ पालिका प्रश्ताव गरेको थियो । 

यसरी बन्ने नगरपालिकामा बुतिबाङ आफै पहलकर्ता भएको र अधिकारीचौर तथा बोबाङ जिल्ला प्रविधिक समितिको प्रतिवेदनमा पनि ढोरपाटन नगरपालिकामा परेकाले तिनओटा गाविसको मत मिल्ने उनिहरुको निष्कर्ष छ । 

यो निर्णयमा देविस्थान, खुङ्गा र राजकुत गाविसले पनि साथ दिने दलहरुले दावि गरेका छन् । सांसद ज्ञानकुमारी छन्त्यालको उपस्थितिमा भएको बैठकमो निर्वाचन क्षेत्र नम्बर–३ मा क्रियाशिल राजनैतिक दलका क्षेत्रिय स्तरका अधिकांश स्थायि रुपमा बुर्तिबामै बस्ने नेता सहभागी थिए । देबिस्थान गाविसबाट पनि दलका प्रतिनिधिको सहभागीता थियो । राष्ट्रिय जनमोर्चा देविस्थानका मुक्तसिंह ठकुरीले भने, “निसिखोला गाउँ पालिकाको केन्द्र देविस्थान नपरेको अवस्थामा हामी बुर्तिबाङ केन्द्र हुने गरि बन्ने नगरपालिकामा जान तयार छौँ ।” देविस्थानका गाविस सचिव सहित काँग्रश र राजमो देविस्थानका नेताको सोमबारै बुर्तिबाङमा भएको बैठकले आफुहरु नगरपालिकामा जाने निर्णय गरेको काँग्रश देविस्थानका सभापती ईन्द्र मल्लले बताए ।  

बैठकमा सांसद ज्ञानकुमारी छन्त्यालले जुनसुकै मुल्य चुकाएर भएपनि बुतिबाङ केन्द्र हुने स्थानिय निकायलाई नगरपालिका नै बनाउनुपर्ने भन्दै त्यसमा एक मत हुन नेताहरुलाई आग्रह गरिन् ।  नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य चन्द्र अर्यालले भने, “स्थानिय हितका लागि अगुवाले चुनौती मोल्न समेत तयार हुनुपर्छ, आबश्यक परे सवैदलले आफ्नो पार्टिका ११ ओटै गाविसका नेता कार्याकर्तालाई सम्झाउन सक्नुपर्छ ।” 

काँग्रश नेता समेत रहेका नगरविकाश समितिका अध्यक्ष अर्जुन सेरचनले अर्यालको धारणामा सहमति जनाए, “हाम्रो पार्टिको गाउँ कमिटिले नगरपालिका बन्नेभए एकमतले देविस्थानलाई बुर्तिबामा राख्ने निर्णय गरेको छ, अरु पार्टिले पनि यस्तो निर्णय बनाएर आउनुस्, नगरपालिक बनाएरै छाड्नुपर्छ ।” 

बैठकमा अलि ढिला गरि पुगेका नेकपा एमालेका क्षेत्रीय संयोजक ज्ञानप्रसाद कँडेलले नगरपालिका बनाउने र ११ ओटा गाविसलाई समेट्न सकिने विषयमा सहमत भएपनि अरु गाविसको बारेमा बुर्तिबाङले निर्णय गर्दा पछि समस्या आउनसक्ने धारणा राखे ।  

नगरपालिकाको लागि दवाव दिन कार्तिक १८ गते डेलिकेशन जाने निर्णय गर्दै कात्तिक २ गतेको बैठकबाट सांसद ज्ञानकुमारी छन्त्याल संयोजक रहने गरि गठन गरिएको सर्वदलिय डेलिगेशन समितिमा सदस्य थपिएको छ ।  यस अघि बुर्तिबाङमा क्रियाशिल ७ ओटा राजनैतिक पार्टिका प्रतिनिधि, उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाई र बुर्तिबाङ नगरविकास समिति सदस्य रहेकोमा देविस्थानबाट ईन्द्र मल्ल, मुक्तसिंह ठकुरी र कुविर विश्वकर्मालाई सदस्य राखिएको छ । खुङ्गाबाट तिलक पुन र दिर्घलाल गैरेलाई राखिएको छ । डेशिगेशन समितिमा अवश्यकता अनुसर अन्य सदस्य पनि थप गर्न सकिने निर्णय बैठकले गरेको छ । 

नयाँ शहरको बजेट ८ करोड २४ लाख

पुष्पलाल मध्यपहाडीलोकमार्गमा पर्ने १० ओटा नमुना शहर मध्यको एक बुर्तिबाङ नयाँ शहर आयोजनाका लागि चालु आर्थिक बर्षमा ८ करोड २४ लाख बजेट स्विकृत भएको बुर्तिबाङ नगरविकास समितिका अध्यक्ष सेरचनले बैठकमा जानकारी दिए । 

उनका अनुसार  ८० लाख निसीभुजि जनता क्याम्पस देखि अस्पतालसम्म सडक र ढल निर्माण तथा स्तर उन्नति गर्न, ७० लाख बुर्तिबाङ पुरानो बजार मन्दिर देखि मिलनचोक हुँदै उपल्लो बजारसम्म सडक स्तरउन्नति गर्न, ६५ लाख बुर्तिबाङको मध्यपहाडी लोकमार्ग हुँदै खप्तरीवाङ निसीभुजी जनता क्याम्पससम्मको स्ष्क स्तरउन्नति गर्न, ६५ लाख सोरवोटदेखि भव्रेटासम्मको सडक स्तरउन्नति गर्न, ५० लाख बरपिपलदेखि तल्लो नयाँ बस्तिसम्मको ढल निकासका लागि, ५ लाख नयाँ शहरमा रहेका सरकारी जग्गा छुट्याई संरक्षर्ण गर्न, १ करोड नयाँ शहरी योजनाको भवन निर्माण गर्न, १९ लाख जग्गा विकासको ब्लव प्लान स्विकृतपछि सिमांकन गरि बाटो खोल्न, १ करोड उपल्लो बजारदेखि बसपार्क सम्मको शाखा सडक स्तरोन्नति गर्न, ६० लाख वरपिपलदेखि भव्रेटासम्मको सिडि निर्माण गर्न, ५० लाख वतासेखोला डाँडा देखि भव्रेटासम्मको सडक स्तरउन्नति गर्न, ६५ लाख बुर्तिबाङ देखि रिनामसम्मको सडक स्तरोन्नती गर्न, ६५ लाख लागतमा बुर्तिबाङ दुले हुँदै बोंगादोभान सडक स्तरउन्नति गर्न, र ३० लाख बजेट एकीकृत विकास योजनाबाट सम्भाव्य देखिएका शहरी पुर्वाधार निर्माण गर्न भएको हो ।  

स्वीकृत भएका योजना मध्ये १९ लाख बजेट परेको जग्गा विकासको ब्लव प्लान स्विकृतपछि सिमांकन गरि बाटो खोल्न जग्गामा स्थानियको असन्तुष्टिका कारण मुद्धा परेकाले त्यसलाई संसोधन गरि अन्य अत्यावश्यक योजनामा लगाउन सकिने अध्यक्ष सेरचनको भनाई छ । यो सहित अरु केहि योजनाबाट संसोधन गरेर बाढिपहिरोले उच्च जोखिमा रहेको बुर्तिबाङ बजारको कबर्डहलदेखि न्युमोर्डनसम्मको ग्याविन जालिका लागि १ करोड ५० लाख राख्न सकिने सेरचनले बताए ।  

लक्ष्मीकुण्डघाट मर्मत गरिने

सर्वदलिय बैठकले ३ महिनादेखि बन्द भएको बुर्तिबाङ बजार लक्ष्मीकुण्ड घाट तत्काल मर्मत गरि  सुचारु गर्ने निर्णय गरेको छ । दशैँ अघि मर्मत गर्न नसक्दा यात्रुलाई आवत जावत गर्न तथा सामान ढुवानीमा सास्ती खेप्नुपरेको भन्दै तिहार अघि नै घाट मर्मत गर्ने निर्णय भएको हो । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङसँग निसीखोला र भुजीखोलाका गाविसलाई जोड्ने एक मात्र घाट अबरुद्ध बनेपछि स्थानिय नगरिकले समस्या झेल्दै आएका थिए । मध्यपहाडीलोकमार्ग सँग सालझण्डी ढोरपाटन सडकलाई जोड्ने पनि यहि एक मात्र घाट हो । ढोरपाटन तथा निसी जाने मालवाहक तथा यात्रुवाहक सवारी साधन नचल्दा नागरिकलाई सास्ती भएकाले तत्काल घाट मर्मत गर्ने निर्णय भएको एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले जानकारी दिए । 

नयाँ सहर आयोजनाका ईन्जिनियर मार्फत लागत स्टिमेट तयार गरि तत्काल घाट मर्मत गर्ने निर्णय गर्दै त्यसको समन्वयको लागि एकीकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा स्थानिय राजनैतिक दलका प्रतिनिधि, उद्योग बाँणिज्य संघ तथा सरोकारवाला सदस्य रहेका छन् । समितिले स्टिमेट तयार भएपछि जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला भुसंरक्षण कार्यालय, बुर्तिबाङ गाविस तथा घाटबाट लाभान्भ्वीत हुने गाविस, यातायात व्यवसायी र सरोकारवालाबाट आर्थिक स्रोत जुटाई तत्काल मर्मतका लागि समन्वय गर्ने नगरविकास समितिका अध्यक्ष अर्जुन सेरचानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिपेन्द्र सिंह ऐरीले कार आफ्नो नाममा नामसारी गर्न १५ लाख ५० हजार कर तिर्नुपर्ने रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई अल्लु अर्जुनको घरमा आक्रमण गर्ने तेलंगानाका मुख्यमन्त्री रेड्डीको सहयोगी भएको दाबी माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा थाइल्याण्ड, म्यानमार, लाओस लगायत देशमा जाने नेपालीका लागि ३ बुँदे ट्राभल एडभाइजरी जारी टाउकोमा सिलौटाले हानेर २२ वर्षिया श्रीमतीको हत्या ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनु राम्रो हुन्छ : योगेश भट्टराई नेप्सेमा २८.९१ अंकको वृद्धि भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो) बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’ डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन रविको सांसद पद निलम्बनबारे दीपक बोहरा भन्छन्ः ‘राजनीतिक पूर्वाग्रहले प्रेरित भएर निलम्बन गर्न खोजियो’ एनपीएलको फाइनलमा क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या