२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरामा ढाकाटोपीको उत्साहजनक व्यापार

९ कार्तिक २०७३, मंगलवार १०:३८

कात्तिक ९, पोखरा । पछिल्लो पुस्तामा ढाकाटोपी लगाउने क्रम घट्दै गए पनि तिहारका कारण यतिखेर पोखरामा ढाकाटोपीको व्यापार उत्साहजनक रुपमा बढेको छ । 

पसलमा ढाकाटोपी किन्न आउनेको चाप देखिन्छ । अघिपछि ढाकाटोपी नलगाए पनि तिहारमा लगाएर दिदीबहिनीसँग टीका थाप्ने चलनका कारण ढाकाटोेपीको माग अत्याधिक बढेको हो । तीन दशकयता पोखरामा ढाकाटोपीको व्यापार गर्दै आएका राजेशमान पालिखे पछिल्ला समयमा युवा पुस्ताले ढाकाटोपी लगाउन छाडिसकेको बताउनुहुनछ । 

“पछिल्ला वर्षमा ढाकाटोपी लगाउने चलन हराउँदै गएको छ,” उहाँले भन्नुभयो । विशेष गरी तिहार, अन्य चाडपर्व, विवाह, व्रतबन्धमा मात्र ढाकाटोपीको खोजी हुनेगरेको छ । तिहारको समयमा रु २५ लाखदेखि रु ३० लाखसम्मको कारोबार हुने गरेको पालिखेले बताउनुभयो । “वार्षिक रु एक करोडसम्मको व्यापार हुन्छ,” उहाँले भन्नुभयो । 

सामान्यतः रु ३५ देखि रु पाँच हजार दुई सयसम्मका ढाकाटोपी बिक्री हुने गरेको छ । पोखरामा दौरा सुरुवाल लगाउनेतर्फ भने विस्तारै आकर्षण बढ्न थालेको छ । “बालबालिकालाई ढाकाको दौरा सुरुवाल बनाएर लगाइदिने चलन बढ्दै गएको छ,” चिप्लेढुङ्गाकी ढाका पसल सञ्चालिका कोकिला जोशीले भन्नुभयो । बिबाह ब्रतबन्धलगायत कार्यक्रममा ढाकाका कपडाको खोजी हुन्छ । 

पोखरामा विशेष गरी दमक, धरान, तेह्रथुम, बुटवल लगायतका ठाउँबाट ढाकाको कपडा आयात गरिन्छ । पाल्पाबाट आयात गरिने ढाकाको कपडाबाट चोलो, ब्लाउज, सल आदि निर्माण गरिन्छ । ठूलाबडा तथा मान्इजनबाट टोपी लगाएर टिका थाप्ने र आशिर्वाद लिने चलन भएपनि ढाकाटोपी नै लगाउनु पर्छ भन्ने कतै उल्लेख नरहेको संस्कृतिविद् सत्यमोहन जोशी बताउनुहुन्छ । उहाँका अनुसार बंगलादेशको राजधानी ढाकाबाट ढाकाको कपडा बुन्ने प्रचलन सुरु भएको र त्यसले विस्तारै अन्य देशमा स्थान पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड