१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धादिङमा युवा सीप तालिम तथा रोजगार मेला: साउनदेखि मुलुकभर सीपमूलक कार्यक्रम

१४ असार २०८१, शुक्रबार १५:१२

असार १४, धादिङ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रमको आयोजना गरिने बताएका छन् । शुक्रबार निलकण्ठ नगरपालिका धादिङले आयोजना गरेको ‘युवा सीप तालिम तथा रोजगार मेला’ को उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह पनि गरेका छन् । 


वैदेशिक रोजगारी जाने होस वा आन्तरिक रोजगारीमा रहने श्रमिकका लागि सीप अपरिहार्य रहेको मन्त्री अर्यालले बताए । ‘सीप भएको श्रमिकले राम्रो आम्दानी गर्न सक्छ । सम्भावित दुर्घटनाबाट बच्न सक्छ । बाध्यकारी वैदेशिक रोजगारीमा रहँदा पनि आफ्ना सपनाहरु पुरा गर्न सक्छ,’ उनले भने । त्यसैले सीपमूलक कार्यक्रममा ठूलो लगानी गर्नुपर्नेछ । 

मन्त्री अर्यालले श्रम मन्त्रालयले आन्तरिक रोजगारीलाई प्रवद्र्धन र व्यवस्थित गर्न मन्त्रालयले रोजगार बैंकको वृहत् अवधारणालाई अघि सारेको बताए । बैंकमा वैदेशिक रोजगारीबाट फर्के सबै श्रमिकको तथ्यांक संकलन गरिनेछ । ‘विदेशबाट फर्केका श्रमिक तथा उनीहरुको सीपको बारेमा तथ्यांक राखिनेछ । भारतबाट फर्केका श्रमिकको पनि तथ्यांक  राखिनेछ । तथ्यांकअनुसार नै आन्तरिक रोजगारीको रणनीति तयार गर्नेछौं,’ उनले भने । 


कार्यक्रममा मन्त्री अर्यालले निलकण्ठ नगरपालिकाले आयोजना गरेको रोजगार मेलाले संविधानले व्यवस्था गरेको संघीयताको बल्ल उचित कार्यान्वयन भएको समेत बताए । ‘नगरपालिकाले मेला आयोजना गर्दा गौरव लागेको छ । यो मेलाले संविधानले परिकल्पना गरेको उद्देश्य प्राप्त भएको सुखद सन्देश दिएको छ,’उनले भने ।

निलकण्ठ नगरपालिकाले आयोजना गरेको मेलामा विभिन्न रोजगारदाता तथा सरकारी निकायको सहभागिता छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव