२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से ५९ अंकले बढ्यो, १५ अर्बमाथिको कारोबार

२०८१, ३ श्रावण बिहीबार ०९:४६

साउन ३, काठमाडौँ । साताको अन्तिम कारोबारमा सेयर बजार परिसूचक ५९ अंकले बढेर २४ सयको विन्दु पार गरेको छ । बिहीबार बजार ५९.६८ अंकले बढेको हो । योसँगै समग्र बजार परिसूचक २४२४.३२ मा कायम छ ।

यस दिन परिसूचक ९० अंकसम्म उकालो लागेको थियो । त्यसपछि केही मत्थर हुँदै कारोबारको अन्त्यमा ५९ अंकले बढ्यो । अघिल्लो कारोबारको दिन (बुधबार)मा बजार ५४ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

बजारसँगै कारोबार समेत उच्च भएको छ । १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँबराबरका तीन करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर एक लाख ८४ हजार ७१२ पटकमा खरिद–बिक्री भयो । अघिल्लो कारोबारका दिन १२ अर्ब पाँच करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो ।

नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत् आयोजना, उपकार लघुवित्त, थ्री स्टार हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।

बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढ्यो । ९५ कम्पनीको सेयर मूल्य घट्यो ।

समूहगत उपसूचकतर्फ फाइनान्स समूह ३५.६९ र जलविद्युत् ०.२२ अंकले घट्यो । बाँकी ११ समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै बैंकिङ समूह ८०.४९ अंक अर्थात् ६.२८ प्रतिशतले बढ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट