साउन ३१, काठमाडौँ । आउँदो साता तीन दिन मात्र शेयर कारोबार हुने भएको छ । सरकारले सोमबार रक्षाबन्धनमा सार्वजनिक विदा दिने भएको छ । यसकासाथै, मंगलबार गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा विदा दिने गृहमन्त्रालयले जनाएको छ ।
यससँगै शेयर बजार आगामी साता तीन दिन मात्र खुल्ने भएको हो । आइतबार, बुधबार र बिहीबार मात्र शेयर कारोबार हुनेछ ।
सामान्य अवस्थामा शुक्रबार बाहेक सातामा ५ दिन सेयर कारोबार हुने गरेको छ ।