२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोटरबाटो र बिजुली नहुँदा पुनःनिर्माणमा बाधा

१७ कार्तिक २०७३, बुधबार ०८:२६

कात्तिक १७, गोरखा । भूकम्पले घर भत्केपछि १८ महिना टहरोमा सकसपूर्ण बस्नुभएका गोरखाको सिम्जुङ– ४ का शिवजी दवाडीलाई यसपालीको चिसो नबढ्दै नयाँ घर बनाउने चाहना बिद्युत र मोटरबाटोका कारण पुरा नहुने चिन्ताले सताएको छ । 

सिम्जुङ हुँदै घ्याच्चोक पुग्ने सडक आँगन छेउबाटै गएपनि सडकको स्तरोउन्नति नहुँदा निर्माण सामग्री ९ढुङ्गा, गिट्टी, बालुवा, सिमेन्ट० ढुवानी गर्न कठिन हुने उहाँको गुनासो छ । यस्तै बिजुलीको अभावले गर्दा काठ चिराएर झ्याल, ढोकालगायतका काठको काम पनि रोकिएको दबाडी बताउनुहुन्छ । 

घर बनाउने पर्खाइमा रहनुभएका सिम्जुङका ऋषिराम लामिछानेले पनि बाटोका कारण निर्माण सामग्री ढुवानी गर्न सक्नुभएको छैन । ‘भूकम्पका कारण लघुजलविद्युत् आयोजना बिग्रियो, गाउँमा केन्द्रीय विद्युत् लाइन आइपुगेको छैन’ लामिछानेले भन्नुभयो, ‘ढोडेनी, पोखटार हुँदै खनेको सडक हिलैहिलो छ । साँघुरो सडकमा ट्याक्टर पनि चलाउन मुस्किल भएको छ भने गाउँमा विद्युत् नहुँदा काठ चिराउन पनि पाइएको छैन ।’ गाउँमा भनेका बेला खेतला पाइँदैन । विद्युत् नहुँदा काठ चिर्ने मेसिन नचलेकाले स्थानीय सामुदायिक वनले पनि गाउँलेको मागअनुसार काठ उपलब्ध गराउन सकेको छैन । 

पुरानो घरको काठपातमा केही नयाँ काठ थपेर नयाँ घर ठड्याउने तयारीमा आफूहरु रहेको दवाडीले बताउनुभयो । ‘घर ढलेपनि सरकारी अनुदान पाएनौँं’ उहाँले भन्नुभयो, ‘आफ्नै खर्चले घर बनाउने भनेको बाटो र बिजुली सुविधा नहुँदा आपतमा परेँ ।’ निर्माण सामग्री ढुवानीमा मान्छे लगाउँदा धेरै खर्च लाग्ने उहाँको भनाइ छ । 

सिम्जुङका विभिन्न गाउँका करिब एकहजार ५०० घर भूकम्पले क्षति पु¥याएको थियो । स्थानीय देवीदत्त दवाडीका अनुसार मोटरबाटोको स्तरोन्नति र गाउँमा केन्द्रीय विद्युत् पु¥याउन सके गाउँ पुनःनिर्माणको काम सहजहुन्छ । ‘गाउँमा दक्ष कामदार छैनन्’ दवाडीले भन्नुभयो, “बिजुली र मोटरबाटोको सुविधा भए छिटो घर बन्छ ।” सिम्जुङका प्रायजसो भूकम्पपीडितले ५० हजारका दरले अनुदान रकम पाइसकेका छन् । 

अनुदान पाए पनि घर निर्माण सुरु भएका छैनन् । अनुदान रकम पाएपछि बर्खा र चाडपर्व सुरु भएकाले अब गाउँलेले पुनःनिर्माणलाई गति तयारीमा छन् । 

सिम्जुङ– ४ स्थायी घर भएका समाजसेवी प्रकाशचन्द दवाडीले गाउँमा केन्द्रीय विद्युत् प्रशारण लाइनको विस्तारका लागि पोल झारिसकिएको र मोटरबाटो स्तरोन्नतिका लागि जिल्लास्थित ११ किलो भालुस्वाँरा, बारपाक आयोजनाले काम गर्ने भएकाले पुनःनिर्माणले अब गतिलिने विश्वास व्यक्त गर्नुुहुन्छ । 

नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रले सिम्जुङ गाउँमा विद्युत् पु¥याउने योजना अघि बढाएपनि ट्रान्सफर्मरको अभाव छ । यस्तै जिविसले ढोडेनी, सिम्जुङ गाउँ, घ्याच्चोक सडक स्तरोन्नतिका लागि रु १० लाख बजेट विनियोजन गरिदिएको छ । ढोडेनी, पोखटार, सिम्जुङ, घ्याल्चोक, सिरानडाँडा सडक स्तरोन्नतिका लागि आफूले सक्दो सहयोग गर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे बताउनुहुन्छ । 

क्रमागत बजेट ल्याएर सडकको स्तरोन्नति गर्दै कालोपत्रे गरिने पाण्डेको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित