९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतियको चलाखीले नेपालीलाई समस्या, एक लाखमा २५ हजार कमिसन

२८ कार्तिक २०७३, आईतवार ०१:५२

पंकज धामी | कात्तिक २८, दार्चुला | भारत सरकारले पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रका नेपालीहरुलाई भारु रुपैँया साट्न निकै मुस्कील भएको छ । 

गत मंगलबारबाट भारत सरकारले कालो धन र भ्रष्टाचार नियन्त्रणका लागि गरेको यस्तो निर्णयले सीमा क्षेत्रमा बस्ने नेपालीहरु अहिले भारतीय रुपैँया साट्नका लागि पैशा बोकेर सदरमुकाम केन्द्रीत भएका छन् । भारतीय प्रमाणका आधारमा एटीएमबाट दैनिक २ हजार र भारतीय स्टेट बैंकबाट दैनिक ४ हजारका दरले भारतीय रुपैँया साट्न सक्ने व्यवस्था भएपनि नेपालीहरुले लाखौँ पैशा बोकेर भारतीय प्रमाण भएका धारचुलाका व्यापारी, तथा स्थानीयसँग सम्पर्क गर्न धौ धौ परेको छ । 

दिल्लीमा काम गरी घर फर्केको १० दिन नवित्दै भारतीय सरकारले गरेको उक्त निर्णयले दार्चुला रानीशिखर गाविसका बिरेन्द्र धामीलाई कमाएको पैशाले साथ नदिएपछि दुईदिन देखि पीरोलेको छ । ‘एक बर्ष बसेर बल्ल तल्ल एक लाख रुपैँयासम्म कमाई गरी घरपरिवार र बालबच्चाको पालनपोषण गर्ने तथा ऋण  तिर्ने सोचाई थियो, तर पैशा नचलेपछि समस्या भएको छ । धामीले भन्नु भयो साट्न पनि कहाँ जाने न त आफुसँग भारतीय बैंक खाता छ न त कोही चिनेजानेको छ, निकै समस्या भयो । उनीसँगै पैशा साट्न दार्चुला सदरमुकाम खलंगामा भेटीएका रामसिह ठगुन्नालाई पनि त्यस्तै समस्या भएको छ । ‘आफ्नो मात्रै पैशा भए त जे पनि गर्न हुन्थ्यो साथीले पनि पैशा साटिदिन भनेर दिएको छ अब कहाँ साट्ने’ ठगुन्नाले गुनासो गरे । 

भारतीय सीमा सुरक्षा बल एसएसबीले एकमुष्ट २५ हजार भन्दा बढी रुपैँया बोक्न दिदैन तर आफुसँग भएको एकलाख रुपैँया अब त बोक्न पनि समस्या भयो उनीहरुलाई यो समस्याले पनि सताएको छ । भारतीय खाता भएका वा भारतीय प्रमाणित भएका धारचुला बजारका स्थानीयले एकलाख रुपैँया खातामा राखेर साँटे वाफत २० हजार रुपैँया कमिशन खाने गरेको यहाँका स्थानीयले बताएका छन् । खातामा राखेको रकम एटीएमबाट एकहप्तामा १० हजार तथा बैँकबाट २० हजार रुपैँया झिक्न मिल्छ, तर २ लाख ५० हजार भन्दा बढी रकम जम्मा गरेमा कर काटिने भएकाले निम्न स्तरका भारतीय खातावालाहरुले यो चलाखि गरेको खुल्न आएको छ । सास/दार्चुला 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो