२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतियको चलाखीले नेपालीलाई समस्या, एक लाखमा २५ हजार कमिसन

२०७३, २८ कार्तिक आईतवार ०१:५२

पंकज धामी | कात्तिक २८, दार्चुला | भारत सरकारले पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रका नेपालीहरुलाई भारु रुपैँया साट्न निकै मुस्कील भएको छ । 

गत मंगलबारबाट भारत सरकारले कालो धन र भ्रष्टाचार नियन्त्रणका लागि गरेको यस्तो निर्णयले सीमा क्षेत्रमा बस्ने नेपालीहरु अहिले भारतीय रुपैँया साट्नका लागि पैशा बोकेर सदरमुकाम केन्द्रीत भएका छन् । भारतीय प्रमाणका आधारमा एटीएमबाट दैनिक २ हजार र भारतीय स्टेट बैंकबाट दैनिक ४ हजारका दरले भारतीय रुपैँया साट्न सक्ने व्यवस्था भएपनि नेपालीहरुले लाखौँ पैशा बोकेर भारतीय प्रमाण भएका धारचुलाका व्यापारी, तथा स्थानीयसँग सम्पर्क गर्न धौ धौ परेको छ । 

दिल्लीमा काम गरी घर फर्केको १० दिन नवित्दै भारतीय सरकारले गरेको उक्त निर्णयले दार्चुला रानीशिखर गाविसका बिरेन्द्र धामीलाई कमाएको पैशाले साथ नदिएपछि दुईदिन देखि पीरोलेको छ । ‘एक बर्ष बसेर बल्ल तल्ल एक लाख रुपैँयासम्म कमाई गरी घरपरिवार र बालबच्चाको पालनपोषण गर्ने तथा ऋण  तिर्ने सोचाई थियो, तर पैशा नचलेपछि समस्या भएको छ । धामीले भन्नु भयो साट्न पनि कहाँ जाने न त आफुसँग भारतीय बैंक खाता छ न त कोही चिनेजानेको छ, निकै समस्या भयो । उनीसँगै पैशा साट्न दार्चुला सदरमुकाम खलंगामा भेटीएका रामसिह ठगुन्नालाई पनि त्यस्तै समस्या भएको छ । ‘आफ्नो मात्रै पैशा भए त जे पनि गर्न हुन्थ्यो साथीले पनि पैशा साटिदिन भनेर दिएको छ अब कहाँ साट्ने’ ठगुन्नाले गुनासो गरे । 

भारतीय सीमा सुरक्षा बल एसएसबीले एकमुष्ट २५ हजार भन्दा बढी रुपैँया बोक्न दिदैन तर आफुसँग भएको एकलाख रुपैँया अब त बोक्न पनि समस्या भयो उनीहरुलाई यो समस्याले पनि सताएको छ । भारतीय खाता भएका वा भारतीय प्रमाणित भएका धारचुला बजारका स्थानीयले एकलाख रुपैँया खातामा राखेर साँटे वाफत २० हजार रुपैँया कमिशन खाने गरेको यहाँका स्थानीयले बताएका छन् । खातामा राखेको रकम एटीएमबाट एकहप्तामा १० हजार तथा बैँकबाट २० हजार रुपैँया झिक्न मिल्छ, तर २ लाख ५० हजार भन्दा बढी रकम जम्मा गरेमा कर काटिने भएकाले निम्न स्तरका भारतीय खातावालाहरुले यो चलाखि गरेको खुल्न आएको छ । सास/दार्चुला 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति