२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल राष्ट्र बैंकले पनि भारतीय नोट साट्ने

२८ कार्तिक २०७३, आईतवार ०४:२३

कात्तिक २८, काठमाडौं | गत मङ्गलबार भारत सरकारले पाँच सय र एक हजारका भारतीय नोटमा अप्रत्यसित प्रतिबन्धको घोषणा गरेपछि त्यसको असर नेपाली बजारमा पनि परेको छ । बिशेष गरि सिमा क्षेत्रका नेपालीहरु भारतीय नागरिकहरुबाट ठगिएका छन् भने नेपालभर भारतीय नोटको प्रयोग भएकाले ठूलो रकम कागज सरह बन्ने चिन्ता सर्वसाधारणमा छ । 

भारतले कालो धन रोक्ने उद्देश्यले भारतीय ५०० र १००० का रकमहरु प्रतिबन्ध गरेपछि नेपालमा पनि समस्या देखिएको हो । नेपालको वित्तीय प्रणालीमा कायम रहेको भारतीय नोट सटहीका लागि राष्ट्र बैङ्कले आफ्नो तर्फबाट प्रयास अघि बढाएको जानकारी दिँदै भारतीय नोट सटही सुविधा उपलब्ध गराउने विषयमा भारतीय रिजर्भ बैङ्कसँग छलफल चलाइसकेको छ ।

बिभिन्न बैंक तथा वित्तीय संस्था, ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी तथा होटलमाले नेपालको केन्द्रिय बैंकलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालसँग भारतिय पाँच सय र एक हजारका तीन करोड ३६ लाख ९० हजार रुपियाँको विवरण पाईएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसैबीच एकसाता भित्रै भारतको सरकारी स्तरसँग सहमति गरि नेपाल राष्ट्र बैंकले भारतीय रुपयाँ सटही गर्ने गरि गृहकार्य सुरु गरेको जनाएको छ । राष्ट्र बैंकले अघि बढाएको प्रक्रिया सकारात्मक भएमा नेपालबाटै पनि प्रतिबन्धित भारतीय नोटहरु भारतले तोकेको अवधि भित्र साट्न सक्नेछन् ।  जसको लागि राष्ट्र बैङ्कले आधिकारिक कागजपत्रलाई आधार बनाउने जनाएको छ । राष्ट्र बैङ्कका अनुसार वैध रकममात्र सटहि हुनेछन् । बैङ्क तथा वित्तीय प्रणालीभन्दा सर्वसाधारणसँग भारतीय पाँच सय र एक हजारका नोट बढी भएको भन्दै नेपाल राष्ट्र बैंकले औपचारिक स्रोत खुलेको रकममात्र साट्न सकिने बताएको छ । उक्त सुबिधा अन्तर्गत पनि सर्वसाधारणले जनही २५ हजारसम्मको भारु मात्र साट्न सक्नेछन् । 

सिमाक्षेत्रमा समस्या 

भारत सरकारले पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रका नेपालीहरुलाई भारु रुपैँया साट्न निकै मुस्कील भएको छ । 

गत मंगलबारबाट भारत सरकारले कालो धन र भ्रष्टाचार नियन्त्रणका लागि गरेको यस्तो निर्णयले सीमा क्षेत्रमा बस्ने नेपालीहरु अहिले भारतीय रुपैँया साट्नका लागि पैशा बोकेर सदरमुकाम केन्द्रीत भएका छन् । भारतीय प्रमाणका आधारमा एटीएमबाट दैनिक २ हजार र भारतीय स्टेट बैंकबाट दैनिक ४ हजारका दरले भारतीय रुपैँया साट्न सक्ने व्यवस्था भएपनि नेपालीहरुले उक्त पैसा पनि साट्न नसक्ने अवस्था छ । उनीहरु पनि बिभिन्न ब्यापार तथा ब्यबसाय मार्फत कारोबार भएका उक्त रकम नेपालमा बराबर मूल्यमा साट्न पाउने आशामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…