2026-07-09 01:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन करोड बराबरको जग्गा निःशुल्क दिने घोषणा

2016-11-20

मङ्सिर ५, मोरङ । मोरङको प्रस्तावित सुनवर्षी नगरपालिकाको भवन निर्माणका लागि एक परिवारले रु तीन करोड बराबरको जग्गा निःशुल्क दिने घोषणा गरेका छन् । 

डायनिया–९ का महताव आलम र उनका परिवारले सोही वडामा रहेको रु तीन करोड मूल्य बराबरको डेढ बिगाहा जग्गा निःशुल्क दिने घोषणा गरेको डायनिया गाविस कार्यालयका सचिव पद्मविनोद घिमिरेले बताउनुुभयो । 

डायनिया–अमरदह सडकखण्डमा पर्ने सो जग्गामा प्रस्तावित नगरपालिकाको कार्यालय निर्माणका लागि प्रदान गरेको जग्गाको सिमानासमेत किटान गरिएको सचिव घिमिरेले बताउनुुभयो । 

नगरपालिका घोषणा भएलगत्तै नगरपालिकाको नाममा जग्गा पास हुुने गाविस कार्यालयले जनाएको छ । अमरदह, गोविन्दपुुर, वरडंगा तथा डायनिया गाविसलाई समायोजन गरेर स्थानीय पुुनःसंरचना सहयोग समिति मोरङले सुनवर्षी नगरपालिका सिफारिस गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो