मङ्सिर ८, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा चाडपर्व सकिएसँगै गाडी रोकेर भित्तो काट्ने र सडक फराकिलो बनाउने तयारी सुरु गरिएको छ । 

गत वर्ष के"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ८, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा चाडपर्व सकिएसँगै गाडी रोकेर भित्तो काट्ने र सडक फराकिलो बनाउने तयारी सुरु गरिएको छ । 

गत वर्ष के"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी रोकेरै भित्तो काट्ने तयारी

२०७३, ८ मंसिर बुधबार १२:३६


मङ्सिर ८, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा चाडपर्व सकिएसँगै गाडी रोकेर भित्तो काट्ने र सडक फराकिलो बनाउने तयारी सुरु गरिएको छ । 

गत वर्ष केही महिना दिउँसो चार घण्टासम्म सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो । नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकखण्डको ३२ किलोमिटरमध्ये १९ दशमलब पाँच किलोमिटर क्षेत्रमा भित्तो काटेर सडक फराकिलो बनाउनुपर्नेछ । 

खनालले भने-, “अग्लो पहाड र साँघुरो सडक भएकाले गाडी नरोकी काम गर्न मिल्दैन ।” आयोजनाले निर्माण कम्पनीलाई गाडी रोक्दै गर्दा उपकरण र जनशक्ति बढाउनुपर्ने जनाउँदै आएको छ । 

के कति उपकरण र जनशक्ति निर्माण गर्न सक्छ, सोही आधारमा स्थानीय प्रशासनसँग सहकार्य गरी बाटो चौडा बनाउन सवारी रोक्न आग्रह गरिने खनालले बताए । 

सवारी नरोकी भित्तो काट्न भने असम्भव छ । सकेसम्म चाँडो भित्तो काट्नका लागि सवारी रोकिदिन निर्माण कम्पनीले दबाब दिँदै आएको छ । सो सडकखण्ड धुलाम्मे बनेपछि आयोजनाले फराकिलो बनिसकेका ठाउँमा कालोपत्रेको तयारी गर्न भनेको छ । 

इञ्जिनियर खनालका अनुसार पुसको दोस्रो साताबाट सडकखण्डमा कालोपत्रे थालिंदै छ । सो सडकको आँपटारी, रामनगर, दासढुङ्गा, घुमाउनेलगायतका ठाउँमा अत्याधिक धुलो उड्नाले सवारी साधन, यात्रु र स्थानीयले सास्ती व्यहोर्दै आएका छन् । 

सडकमा दैनिक तीनवटा ट्याङ्करले पानी छर्केको भएपनि त्यो अपुग भएको बताइएको छ । हालसम्म ४० प्रतिशत काम सम्पन्न हुनुपर्नेमा ३० दशमलब पाँच प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ । 

ठेक्का दिँदा २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ । 

सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ । विश्व बैंकको रु दुर्य दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवेअन्तर्गतको एएच४टु खण्डअन्तर्गत नारायणगढ मुग्लिन सडकखण्ड पर्दछ । 

इञ्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौंडा र वीरगन्जबाट भारतको मोजफ्रपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति