पुस ८, काठमाडौं । काठमाडौको नागढुंगदेखी धादिङको नौबिसेसम्म सुरुङ मार्ग निर्माणका लागि नेपाल र र जापानबीच ऋण सम्झौता भएपछी यो आयोजना बन्ने पक्कापक्कि भएको छ । बिहीबार अर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ८, काठमाडौं । काठमाडौको नागढुंगदेखी धादिङको नौबिसेसम्म सुरुङ मार्ग निर्माणका लागि नेपाल र र जापानबीच ऋण सम्झौता भएपछी यो आयोजना बन्ने पक्कापक्कि भएको छ । बिहीबार अर"/>
2026-07-10 06:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जापानसँग औपचारिक सम्झौतासँगै नागढुंगा-नौबिसे सुरुङ निर्माण पक्का

पुस ८, काठमाडौं । काठमाडौको नागढुंगदेखी धादिङको नौबिसेसम्म सुरुङ मार्ग निर्माणका लागि नेपाल र र जापानबीच ऋण सम्झौता भएपछी यो आयोजना बन्ने पक्कापक्कि भएको छ । बिहीबार अर्थ मन्त्रालयमा नेपाल र जापानबीच सम्झौता पत्रमा हस्ताक्षर भएपछि सुरुङमार्ग बन्ने विश्वास गरिएको हो ।

नेपाल सरकारको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको उपस्थितिमा अर्थ सचिव डा. शान्तराज सुवेदी र जापानी राजदूत मासामी ओगावाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नागढुंगा र नौबिसेलाई २.५ किलोमिटर लम्बाइको सुरुङबाट जोड्ने परियोजना निर्माणका लागि अर्थ मन्त्रालय र जापानी सहयोग संस्था जाइकाबीच ऋण सहयोग सम्झौतामा हस्ताक्षर भएको हो । नेपालको पुरानो विकास साझेदार मुलुक जापानले उक्त परियोजनाका लागि १८ अर्ब नेपाली रुपयाँ सहुलियत ऋण उपलब्ध गराउनेछ ।

सम्झौतापछि अब उक्त परियोजना निर्माणको औपचारिक काम भने सन् २०१९ मध्यदेखि सुरु हुनेछ । करिब साढे तीन बर्षमा परियोजना निर्माण सम्पन्न हुने विश्वास लिइएको जापानी सहयोग संस्था जाइकाका अधिकारीले विश्वास लिएका छन्। 

माथीको तश्विरमा: उपप्रधान मन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकको उपस्थितिमा बिहीबार अर्थ मन्त्रालयमा अर्थ सचिव डा शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नागढुङ्गा सुरुङमार्ग निर्माण परियोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षरपछि साटासाट गर्दै । तस्बिरः प्रदीपराज वन्त, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो