पुस १५, काठमाडौँ । आगामी आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने भएको छ । 

नेपालले भारतबाट हाल आयात भइरहेको ८० मेगावाटका अतिरिक्त ४० मेगावा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १५, काठमाडौँ । आगामी आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने भएको छ । 

नेपालले भारतबाट हाल आयात भइरहेको ८० मेगावाटका अतिरिक्त ४० मेगावा"/>

2026-07-09 09:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने

2016-12-30

पुस १५, काठमाडौँ । आगामी आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने भएको छ । 

नेपालले भारतबाट हाल आयात भइरहेको ८० मेगावाटका अतिरिक्त ४० मेगावाट समेत गरी १२० मेगावाट विद्युत् ढल्केबर– मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट आयात गर्ने भएको हो । 

आज साँझ ऊर्जामन्त्री जनार्दन शर्मा तथा भारतीय ऊर्जा राज्यमन्त्री पियूष गोयलबीच भएको टेलिफोन वार्तामार्फत विद्युत् आयात गर्ने कुरा तय भएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिनुभयो । 

यस्तै आगामी माघ १७ गतेदेखि सोही प्रसारण लाइनबाट थप ४० मेगावाट विद्युत् समेत आयात गरिनेछ । टेलिफोन वार्तामा टनकपुर विन्दुबाट समेत थप १५ मेगावाट आयात गरिने र प्रसारण लाइन मर्मतसम्भारका लागि इआरएस टावर भारतबाट खरिद गरिने सहमति भएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । 

सहमतिअनुरुपको विद्युत् आयातपछि नेपालले भारतबाट आयात गर्ने विद्युत्को परिमाण करिब तीन सय ८० मेगावाट पुग्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो