पुस १६, काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती राख्ने काम सुरु भएको छ । 

बत्ती जडानको जिम्मा पाएको बिके ट्रेडर्सले केही दिनअघिदेखि काम स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती राख्ने काम सुरु भएको छ । 

बत्ती जडानको जिम्मा पाएको बिके ट्रेडर्सले केही दिनअघिदेखि काम स"/>

2026-07-08 07:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती जडान सुरु

2016-12-31

पुस १६, काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सौर्यबत्ती राख्ने काम सुरु भएको छ । 

बत्ती जडानको जिम्मा पाएको बिके ट्रेडर्सले केही दिनअघिदेखि काम सुरु गरेको छ । ट्रेडर्सका अध्यक्ष रोशन श्रीवास्तवका अनुसार पहिलो चरणमा अनामनगरमा जडानको काम भइरहेको छ । 

कामपाले आगामी डेढ वर्षभित्र काठमाडौँ उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत सौर्यबत्ती जडान गर्ने लक्ष्य लिएको छ । सोअनुसार कलङ्कीदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल, क्षेत्रपाटी हुँदै सोह्रखुट्टे, बालाजु र नयाँ बसपार्कमा गरी पहिलो खण्डमा चार सय खम्बा राखिने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । 

दोस्रो खण्डमा दरबारमार्गदेखि काठमाडौंँ प्लाजा, कमलपोखरी तथा गौशालामा राखिने छ । त्यस्तै ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तिसपुतली, डिल्लीबजार र पुतलीसडकमा जोडिने बताइएको छ । सो खण्डमा तीन सयसौर्य बत्ती जडान गरिने बताइएको छ । त्यसैगरी तेस्रो खण्डमा तीन सय ८५ खम्बा राखिने छ । 

सो खण्ड अन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुल, तीनकुने, कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर तथा भीमसेनगोला हुँदै सिनामङ्गल चोक रहेका छन् । 

निर्माणका लागि जिम्मा पाएको कम्पनीले एउटा खम्बाको वार्षिक रु आठ हजार सात सय रोयल्टी कामपालाई बुझाउनुपर्ने छ ।

 सम्झौतानुसार निर्माण अवधिबाहेक १० वर्षपछि सौर्यबत्ती, ब्याट्री तथा विज्ञापन स्वतः कामपाको हुनेछ । जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्बन्धित कम्पनीले नै व्यहोर्ने छ । कामपाले एक हजार दुई सय ८५ सौर्यबत्ती जडान गर्ने लक्ष्य राखेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो