नन्दराम जैशी/पुस २७, जुम्ला । जुम्ला सदरमुकामको बिच बजारमा निर्माणाधिन कृष्णमन्दिरको पुनःनिर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । 

गत साउन ५ गतेबाट कार्य संच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/पुस २७, जुम्ला । जुम्ला सदरमुकामको बिच बजारमा निर्माणाधिन कृष्णमन्दिरको पुनःनिर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । 

गत साउन ५ गतेबाट कार्य संच"/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कृष्णमन्दिरको पुनःनिर्माण कार्य ९५ प्रतिशत सम्पन्न, ३२ लाख खर्च

२०७३, २७ पुष बुधबार ०५:५०

नन्दराम जैशी/पुस २७, जुम्ला । जुम्ला सदरमुकामको बिच बजारमा निर्माणाधिन कृष्णमन्दिरको पुनःनिर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको छ । 

गत साउन ५ गतेबाट कार्य संचालन भएपनि विभिन्न प्राविधिक समस्याले गर्दा हालसम्म ९५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको बताईएको छ । कार्तिक मसान्त सम्म मन्दिरको पुनःनिमार्ण कार्य सम्पन्न गर्ने उद्देश्य भएपनि जिल्ला बाहिरबाट आयात हुने सामाग्री समयमै नआएकाले मन्दिरको निर्माण कार्य समयमै पुरा हुन नसकेको जनाइएको छ ।

हाल कृष्ण मन्दिरको अन्य निर्माण कार्य सकिएपनि तामाको छाना छाउने काम बाँकी रहेको मन्दिर निर्माण समितिका अध्यक्ष लोक दर्शन श्रेष्ठले बताउनु भयो । मन्दिरको मार्भल तथा रेलिङ गर्ने कार्य सकिए पछि तामाको छाना ल्याउन बाकी रहेकोे श्रेष्ठले बताउनु भयो । तामाको छाना छाउन पाटन दरबार क्षेत्रबाट तालिम प्राप्त २ जनाको टोली आउने भएका छन् । अनुमानित ११ लाख रुपैयाको लागतमा तामाको छाना ल्याईने भन्दै मन्दिरको पुनःनिर्माण कार्यका लागि हालसम्म ३२ लाख खर्च भईसकेको मन्दिर निर्माण समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

कृष्ण मन्दिरको निर्माण पुर्ण रुपमा सक्नुका साथै फागुन २५ देखि २७ गते सम्म भव्य उद्घाटन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । विधिवत रुपमा विभिन्न पुजापाठ गरि मन्दिर उद्घाटन गरिने भएकाले ३ दिन सम्म कार्यक्रम हुने बताइएको छ । अध्यक्ष लोक दर्शन श्रेष्ठका अनुसार मन्दिरको निर्माणका लागि जिल्ला विकास समितिबाट ६ लाख, सांसद ललित जंग शाहिले सांसद विकास कोषबाट ५ लाख, पर्यटन मन्त्रालयबाट ४ लाख रुपैया सहयोग भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै नगरपालिकाबाट १ लाख, र सम्पुर्ण भक्तजनहरुबाट १५ लाख चन्दा संकलन भएको मन्दिर निर्माण समितिले रेडियो कर्णालीलाई जानकारी दिएको छ । निर्माणाधिन कृष्ण मन्दिर कर्णालीमा नै पहिलो पटक पुरातात्कि विभागको इन्जिनियरको डिजाईनमा बास्तुकला शास्त्र अनुसार कलात्मक शैलीमा निर्माण गरिने भएको हुदा तालिम प्राप्त ३ जना लखनउका मिस्त्री तथा ६ जना भक्तपुरका मिस्त्री मन्दिर निर्माण कार्यमा संग्लन रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ