२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीकाली दोभानबाट ५०० किलोवाट बिजुली उत्पादन

२०७३, २१ माघ शुक्रबार ०८:०२

माघ २१, म्याग्दी । कालीगण्डकी ऊर्जा विकास उपभोक्ता समितिको पहलमा म्याग्दी र कालीगण्डकीको सङ्गमस्थल बेनीको दोभानबाट ५०० किलोवाट क्षमताको बिजुली उत्पादन गरिएको छ । 

बेनी नगरपालिकाको रु ५० हजार आर्थिक सहयोग र उपभोक्ता समितिको रु चार लाख ५० हजार गरी कुल पाँच लाखको लागतमा विद्युत् उत्पादन गरी बेनी बजारका बैंकरोड, सङ्गमचोक, इन्द्रणीटोल, आवारोड, बैंकरोडको भित्री गल्लीलगायतका स्थानमा बिजुली बालिएको समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार ऊर्जाको क्षेत्रमा लामो समय काम गरी अनुभव बटुल्नु भएका प्राविधिक दुर्गाप्रसाद श्रेष्ठको योजना र प्राविधिक सहयोगमा बिजुली उत्पादन गरिएको हो । प्राविधिक श्रेष्ठले यसअघि पनि कालीगण्डकी नदीबाट व्यक्तिगत लगानीमा बिजुली उत्पादन गर्नुभएको थियो । 

प्राविधिक श्रेष्ठको सीपलाई सदुपयोग गरी आवश्यक लगानीको व्यवस्था गर्नसके म्याग्दी र कालीगण्डकी नदीबाट बेनी बजारलाई आवश्यक पर्ने बिजुली उत्पादन गर्न सकिने कालीगण्डकी ऊर्जा विकास उपभोक्ता समितिका सचिव रुद्रप्रसाद सुवेदीले बताउनुभयो । “यसलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने आवश्यकता छ” सचिव सुवेदीले भन्नुभयो । 

“जिल्ला विकास समिति, नगरपालिका, उपभोक्ता समिति, स्थानीयवासीलगायत सम्बन्धित निकाय र सङ्घसंस्थाको पहलमा आवश्यक बजेट व्यवस्था गरी विद्युत् उत्पादन कार्यलाई निरन्तरता दिनुका साथै थप क्षमता विस्तारमा पहल गर्नु आवश्यक देखिएको छ” अध्यक्ष श्रेष्ठले भन्नुभयो । 

बेनीबजारमा अहिले पनि दैनिक एक घन्टाभन्दा बढी समय विद्युत् भार कटौती हुँदै आएको छ । यो प्रविधि विशेष गरी विद्युत् भार कटौतीको समयमा उपयोगी हुने देखिएको स्थानीयले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन