१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीकाली दोभानबाट ५०० किलोवाट बिजुली उत्पादन

२१ माघ २०७३, शुक्रबार ०८:०२

माघ २१, म्याग्दी । कालीगण्डकी ऊर्जा विकास उपभोक्ता समितिको पहलमा म्याग्दी र कालीगण्डकीको सङ्गमस्थल बेनीको दोभानबाट ५०० किलोवाट क्षमताको बिजुली उत्पादन गरिएको छ । 

बेनी नगरपालिकाको रु ५० हजार आर्थिक सहयोग र उपभोक्ता समितिको रु चार लाख ५० हजार गरी कुल पाँच लाखको लागतमा विद्युत् उत्पादन गरी बेनी बजारका बैंकरोड, सङ्गमचोक, इन्द्रणीटोल, आवारोड, बैंकरोडको भित्री गल्लीलगायतका स्थानमा बिजुली बालिएको समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार ऊर्जाको क्षेत्रमा लामो समय काम गरी अनुभव बटुल्नु भएका प्राविधिक दुर्गाप्रसाद श्रेष्ठको योजना र प्राविधिक सहयोगमा बिजुली उत्पादन गरिएको हो । प्राविधिक श्रेष्ठले यसअघि पनि कालीगण्डकी नदीबाट व्यक्तिगत लगानीमा बिजुली उत्पादन गर्नुभएको थियो । 

प्राविधिक श्रेष्ठको सीपलाई सदुपयोग गरी आवश्यक लगानीको व्यवस्था गर्नसके म्याग्दी र कालीगण्डकी नदीबाट बेनी बजारलाई आवश्यक पर्ने बिजुली उत्पादन गर्न सकिने कालीगण्डकी ऊर्जा विकास उपभोक्ता समितिका सचिव रुद्रप्रसाद सुवेदीले बताउनुभयो । “यसलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने आवश्यकता छ” सचिव सुवेदीले भन्नुभयो । 

“जिल्ला विकास समिति, नगरपालिका, उपभोक्ता समिति, स्थानीयवासीलगायत सम्बन्धित निकाय र सङ्घसंस्थाको पहलमा आवश्यक बजेट व्यवस्था गरी विद्युत् उत्पादन कार्यलाई निरन्तरता दिनुका साथै थप क्षमता विस्तारमा पहल गर्नु आवश्यक देखिएको छ” अध्यक्ष श्रेष्ठले भन्नुभयो । 

बेनीबजारमा अहिले पनि दैनिक एक घन्टाभन्दा बढी समय विद्युत् भार कटौती हुँदै आएको छ । यो प्रविधि विशेष गरी विद्युत् भार कटौतीको समयमा उपयोगी हुने देखिएको स्थानीयले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा