माघ २३, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण गर्न लागिएको छ । यसका लागि धादिङ र गोरखामा छुट्टाछुट्टै बजेट स्वीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण गर्न लागिएको छ । यसका लागि धादिङ र गोरखामा छुट्टाछुट्टै बजेट स्वीक"/>
१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बूढीगण्डकी जलविद्युत् आयोजनाः धादिङको सलाङ, मैदी र खरीलाई मुआब्जा दिने अन्तिम तयारी

२३ माघ २०७३, आईतवार ११:११

माघ २३, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण गर्न लागिएको छ । यसका लागि धादिङ र गोरखामा छुट्टाछुट्टै बजेट स्वीकृत भईसकेका छन् । 

धादिङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार मुआब्जा वितरणका लागि रु दुई अर्ब ५० करोड प्राप्त भएको र निवेदन आउने क्रम पनि जारी रहेको बताउनुभयो । उनका अनुसार पहिलो चरणमा धादिङको सलाङ, मैदी र खरी गाविसका प्रभावितलाई मुआब्जा वितरण गर्ने अन्तिम तयारी गरिएको छ । 

बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि धादिङ जिल्ला प्रशासन कार्यालयले गत पुस १९ गते मुआब्जा वितरण मापदण्ड तय गरेको थियो । जस अनुसार धादिङको खहरेबजार र गोरखाको आरुघाट बजारको मात्रै मुआब्जा निर्धारण गर्न बाँकी छ । 

पछिल्लो पटक  निर्धारित भएको मूल्य अनुरुप ५ रोपनीभन्दा कम जग्गा हुनेले निर्धारित रकमभन्दा १५ प्रतिशत मूल्य पाउनेछन् । त्यस्तै १० रोपनीभन्दा कम जग्गा हुनेले १० प्रतिशत रकम थप पाउनेछन । १० रोपनी भन्दा बढी जग्गा हुनेले भने निर्धारित गरिएकै अनुसारको रकम पाउनेछन् । 

बाक्लो बस्ती र मूल सडकले छोएको जग्गालाई प्रतिरोपनी ८ लाख ३८ हजार मुआब्जा प्रदान गरिनेछ भने बारी-चाहारलाई ५ लाख २५ हजार रुपैयाँ प्रतिरोपनी मुआब्जा दिईनेछ । जसमा मूल सडकमा मात्रै जोडिएका जग्गालाई ८ लाख ४ हजार, सहायक मोटरबाटो पुगेका जमिनलाई ७ लाख ७३ हजार, अब्बल खेतलाई ७ लाख ४२ हजार, दोयमलाई ७ लाख ११ हजार, सिमका लागि ६ लाख ८० हजार, चाहारलाई ६ लाख ४९ हजार मुल्य तोकिएको छ । बारी अब्बल, दोयम र सिमलाई क्रमश ६ लाख १८ हजार, ५ लाख ८७ हजार र ५ लाख ५६ हजार मूल्य तोकिएको छ । 

सडकसँग जोडिएको कित्ताको हकमा नियमअनुसार लगत कट्टा गरी सकडकोबीच भागबाट दायाँबाँया ५० मिटरसम्मको लागि सडक आसपास मानेर मुआब्जा वितरण गरिनेछ । नयाँ निर्धारित मुआब्जा अनुसार बुढीगण्डकी जलविद्युत विकास समिति गठन भएपछि खरिद गरिएका जग्गाहरुले भने निर्धारित मूल्यमा पनि ३० प्रतिशत रकम कम पाउनेछन । 

बुढीगण्डकी जलविद्युत् आयोजनाबाट धादिङ र गोरखाका २७ गाविस प्रभावित हुनेछन् । कुल एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका प्राविधिक काम भइसकेको छ । यस्तै आयोजनाका लागि नेपाल आयल निगमले भन्सार बिन्दुमा नै लगाएको पूर्वाधार शुल्कबाट हालसम्म रु तीन अर्ब ४० करोड रकम सरकारी खातामा जम्मा गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने