दलसिंह गिरी/माघ २४, कालिकोट । विगत ३ दशक देखि निर्माणधिन कालिकोटको एकमात्र विमान स्थलको धावन मार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको धावनमार्ग निर्माण कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ २४, कालिकोट । विगत ३ दशक देखि निर्माणधिन कालिकोटको एकमात्र विमान स्थलको धावन मार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको धावनमार्ग निर्माण कार्य"/>

१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालिकोटेहरुको जहाज चढ्ने सपना माघ २९ बाट पुरा हुँदै

२४ माघ २०७३, सोमबार १२:३४


दलसिंह गिरी/माघ २४, कालिकोट । विगत ३ दशक देखि निर्माणधिन कालिकोटको एकमात्र विमान स्थलको धावन मार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको धावनमार्ग निर्माण कार्यका इन्जिनियर रत्न बहादुर श्रेष्टले बताउनु भएको छ । 

निर्माणधिन एयरपोटको अवस्थाबारे आज तेश्रो पटक कालिकोट आउनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाही संगको कुराकानीमा धावन मार्गको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेकाले यहि २९ विमानको टेष्ट फ्लाईट गरिने कार्यक्रम तय भएको श्रेष्टले बताउनु भएको हो । 


विमानको धामनमार्गमा आवश्यक पर्ने ३० वटा बेन्च मार्गमा २७ वटा तयार भैसकेकोले अबको २ दिनमै बाकी सम्पूर्णकार्य पुरा गरेर २९ गते टेष्टफ्लाईट गरिसक्ने श्रेष्टले बताउनु भएको छ । हामी कालिकोटवासीको प्लेन चड्ने सपना पुराहुने भयो भन्दै स्थानीय वासीहरुले मन्त्रि शाही, इन्जीनियर विभागका प्रमुख धु्रब भुछिभिया लगायतका टोलीलाई फुलमालाले स्वागत गरेका छन् । 

मन्त्रि आउने पूर्व जानकारी अनुसार निर्माणधिन विमानको अवस्थाबारे बुझ्न जिल्ला सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्का, जिल्ला प्रहरी कार्यालय प्रमुख योगेन्द्रसिंह खड्काको टोली समेत एयरपोटमा पुगेको धावनमार्ग निर्माण समितिका सुपरभाईजर गणेश कुमार विष्टले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका