फागुन ६, रामेछाप । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय अध्यक्ष डिबी बस्नेतले लगातार ३ बर्ष नविकरण नगर्ने सहकारीलाई खारेज गर्ने चेतावनी दिनुभएको छ । नेफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, रामेछाप । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय अध्यक्ष डिबी बस्नेतले लगातार ३ बर्ष नविकरण नगर्ने सहकारीलाई खारेज गर्ने चेतावनी दिनुभएको छ । नेफ"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेफ्स्कुनले सुस्त सदस्य बोक्न सक्दैन: अध्यक्ष बस्नेत

६ फाल्गुन २०७३, शुक्रबार १५:२४

फागुन ६, रामेछाप । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय अध्यक्ष डिबी बस्नेतले लगातार ३ बर्ष नविकरण नगर्ने सहकारीलाई खारेज गर्ने चेतावनी दिनुभएको छ । नेफ्स्कुनले क्रियाशिल सदस्य मात्रै चाहेको भन्दै उहाँले सुस्त सदस्य बोक्न नसक्ने तर्क गर्नुभयो । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको ११ औँ बार्षिक साधारण सभाको शुक्रबार रामेछाप सदरमुकाम मन्थलीमा उद्घाटन गर्दै उहाँले बचत संघका पदाधिकारीलाई आफूले बैंकमा जम्मा गरेको रकम सहकारीमै राख्न आग्रह गर्नुभयो । 

उहाँले जिल्ला बचत संघलाई सक्रिय बनाउन पनि सुझाव दिनुभएको छ । उहाँले रामेछापका सहकारीले गर्ने सबै काममा सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ । कार्यक्रममा नेफ्स्कुनका संचालकहरु कृष्ण नेपाल, उत्तम सापकोटा र नानीकाजी शाक्यले सहकारीको माध्यमबाट मात्रै आर्थिक समृद्धि सम्भव रहेको बताउनु भएको छ । 

यसैबीच संघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा भएको साे  कार्यक्रममा संघका महासचिव जगन्नाथ दाहालले बार्षिक र आगामी योजना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभयाे । कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष पार्वती पाठक घिमिरेले गत श्रावणदेखि माघ मसान्त सम्म १६ लाख ६१ हजार ३ सय ७५ बराबरको आयव्यय विबरण प्रस्तुत गर्नुभयाे । 

-पत्रकार निराेजकुमार थापाकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन