फागुन ११, धादिङ |  धादिङ जिल्लाको तीन गाविसलाई तत्काल बुढीगण्डकीको मुआब्जा वितरण हुने भन्दै रकम निकासा गरिसक्दा पनि बिभिन्न बहानामा आलटाल गरिएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ११, धादिङ |  धादिङ जिल्लाको तीन गाविसलाई तत्काल बुढीगण्डकीको मुआब्जा वितरण हुने भन्दै रकम निकासा गरिसक्दा पनि बिभिन्न बहानामा आलटाल गरिएको छ । 

<"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

किन रोकियो बूढीगण्डकीको मुआब्जा वितरण ?

११ फाल्गुन २०७३, बुधबार ०५:१४

फागुन ११, धादिङ |  धादिङ जिल्लाको तीन गाविस खरी, मैदी र सलाङलाई तत्काल बुढीगण्डकीको मुआब्जा वितरण दिने भन्दै रकम निकासा गरिसक्दा पनि बिभिन्न बहानामा आलटाल गरिएको छ । 

रकम प्राप्त भएको महिना दिन बित्दापनि कागजी प्रक्रिया पूरा नभएको बहानामा धादिङको सम्बन्धित निकायहरुले प्रभावितहरुलाई झुलाउने काम गरेका छन् । खरी कुमालटारीबाट धादिङ मालपोत आएका एक बूढीगण्डकी प्रभावितले तत्काल मुआब्जा बापतको पैसा दिने बताएपनि अहिलेसम्म बहानाबाजी गरेको बताए । उनले भने 'दिने हो भने छिट्टै उपलब्ध गराउनु पर्यो हैन भने किन झुलाउने ? रकम निकासा भईसक्दा पनि मुआब्जा वितरणमा यस्तो ढिलाई गरिन्छ भने आयोजना निर्माण कुन गतिले जाला ?' 

जिल्लाका तीन गाविसका १३ सय घरधुरीलाई पहिलो चरणमा मुआब्जा दिने तयारीका साथ दर्ता गरिए पनि अहिलेसम्म नापी र  मालपोत कार्यालयले प्रभावित जग्गा छुट्याउने काममा समेत कर्मचारी परिचालन गरेको छैन । 

बुढीगण्डकी जलबिद्धुत आयोजनाबाट धादिङ र गोरखा गरि २७ गाविसहरु प्रभावित हुँदैछन् । दुवै जिल्लामा जग्गा निर्धारण मापदण्ड तोकिएको भएपनि नापी र मालपोत तदारुकताका साथ काममा उत्रिएका छैनन् । २०१६ देखि नै सुरु हुने बताइएको आयोजनाको काम तत्काल थालनी गर्ने अवस्था पनि छैन जसको लागि तत्काल मुआब्जा वितरण गरि आयोजना प्रभावित स्थानहरु खाली गराउनुपर्ने हुन्छ तर जिल्लाका सम्बन्धित निकायको सुस्तताले आयोजना निर्माणको काम लम्बिने निश्चित देखिएको छ । यता सम्बन्धित निकायले भने कर्मचारीहरुले निरन्तर काम अगाडी बढाईरहेको भन्दै छिट्टै मुआब्जा बापतको रकम बाडिने बताएका छन् ।

अघिल्लो बर्ष पनि मुआब्जा वितरण गर्न नसक्दा २ अर्ब रुपयाँ फिर्ता भएको थियो । यस वर्ष धादिङ र गोरखा दुवै जिल्लाको रकम वितरण गर्न पहिलो चरणमा ५ अर्ब रुपयाँ निकासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन