फागुन ११, धादिङ |  धादिङ जिल्लाको तीन गाविसलाई तत्काल बुढीगण्डकीको मुआब्जा वितरण हुने भन्दै रकम निकासा गरिसक्दा पनि बिभिन्न बहानामा आलटाल गरिएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ११, धादिङ |  धादिङ जिल्लाको तीन गाविसलाई तत्काल बुढीगण्डकीको मुआब्जा वितरण हुने भन्दै रकम निकासा गरिसक्दा पनि बिभिन्न बहानामा आलटाल गरिएको छ । 

<"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

किन रोकियो बूढीगण्डकीको मुआब्जा वितरण ?

२०७३, ११ फाल्गुन बुधबार ०५:१४

फागुन ११, धादिङ |  धादिङ जिल्लाको तीन गाविस खरी, मैदी र सलाङलाई तत्काल बुढीगण्डकीको मुआब्जा वितरण दिने भन्दै रकम निकासा गरिसक्दा पनि बिभिन्न बहानामा आलटाल गरिएको छ । 

रकम प्राप्त भएको महिना दिन बित्दापनि कागजी प्रक्रिया पूरा नभएको बहानामा धादिङको सम्बन्धित निकायहरुले प्रभावितहरुलाई झुलाउने काम गरेका छन् । खरी कुमालटारीबाट धादिङ मालपोत आएका एक बूढीगण्डकी प्रभावितले तत्काल मुआब्जा बापतको पैसा दिने बताएपनि अहिलेसम्म बहानाबाजी गरेको बताए । उनले भने 'दिने हो भने छिट्टै उपलब्ध गराउनु पर्यो हैन भने किन झुलाउने ? रकम निकासा भईसक्दा पनि मुआब्जा वितरणमा यस्तो ढिलाई गरिन्छ भने आयोजना निर्माण कुन गतिले जाला ?' 

जिल्लाका तीन गाविसका १३ सय घरधुरीलाई पहिलो चरणमा मुआब्जा दिने तयारीका साथ दर्ता गरिए पनि अहिलेसम्म नापी र  मालपोत कार्यालयले प्रभावित जग्गा छुट्याउने काममा समेत कर्मचारी परिचालन गरेको छैन । 

बुढीगण्डकी जलबिद्धुत आयोजनाबाट धादिङ र गोरखा गरि २७ गाविसहरु प्रभावित हुँदैछन् । दुवै जिल्लामा जग्गा निर्धारण मापदण्ड तोकिएको भएपनि नापी र मालपोत तदारुकताका साथ काममा उत्रिएका छैनन् । २०१६ देखि नै सुरु हुने बताइएको आयोजनाको काम तत्काल थालनी गर्ने अवस्था पनि छैन जसको लागि तत्काल मुआब्जा वितरण गरि आयोजना प्रभावित स्थानहरु खाली गराउनुपर्ने हुन्छ तर जिल्लाका सम्बन्धित निकायको सुस्तताले आयोजना निर्माणको काम लम्बिने निश्चित देखिएको छ । यता सम्बन्धित निकायले भने कर्मचारीहरुले निरन्तर काम अगाडी बढाईरहेको भन्दै छिट्टै मुआब्जा बापतको रकम बाडिने बताएका छन् ।

अघिल्लो बर्ष पनि मुआब्जा वितरण गर्न नसक्दा २ अर्ब रुपयाँ फिर्ता भएको थियो । यस वर्ष धादिङ र गोरखा दुवै जिल्लाको रकम वितरण गर्न पहिलो चरणमा ५ अर्ब रुपयाँ निकासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा