फागुन १३, काठमाडौँ । सुदुर पश्चिमाञ्चलमा पनि अब वित्तीय जागरण अभियान चलाइने भएको छ । 

सुदुरपश्चिमाञ्चलका अधिकांश जिल्लामा वित्तीय साक्षरताको कमी महशुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, काठमाडौँ । सुदुर पश्चिमाञ्चलमा पनि अब वित्तीय जागरण अभियान चलाइने भएको छ । 

सुदुरपश्चिमाञ्चलका अधिकांश जिल्लामा वित्तीय साक्षरताको कमी महशुस"/>

५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वित्तीय जागरण राष्ट्रिय अभियान सुदूरपश्चिम पुग्यो

१३ फाल्गुन २०७३, शुक्रबार १३:०१

फागुन १३, काठमाडौँ । सुदुर पश्चिमाञ्चलमा पनि अब वित्तीय जागरण अभियान चलाइने भएको छ । 

सुदुरपश्चिमाञ्चलका अधिकांश जिल्लामा वित्तीय साक्षरताको कमी महशुस गरेर नेपाल राष्ट्र बैंकको प्रवद्र्धन र मिडिया इन्टरनेसनलको मुख्य आयोजनामा वित्तीय जागरण राष्ट्रिय अभियान संचालन गर्न लागिएको धनगढीमा आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

कार्यक्रम अन्तर्गत यही फागुन १४ गते कैलालीको अत्तरीयास्थित दुर्गालक्ष्मी उच्च माध्यमिक विद्यालयको प्राङगणमा गरिने पहिलो कार्यक्रमलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले सम्बोधन गर्नेछन् ।

 धनगढीस्थित होटल डीभोटीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले अत्तरीयाबाट सुरु हुने कार्यक्रम सुुदूर पश्चिमका अन्य जिल्लामा पनि क्रमशः चलाउँदै लैजाने जानकारी दिए ।

‘सुदूरपश्चिमका खासगरी अलि विकट र पहाडी जिल्लामा आगामी कार्यक्रम संचालन गर्नेछौँ ।’ उनले भने, ‘वित्तीय जागरणकै कमीले मुलुकबाट पलायन भईरहेको युवा जनशक्तिलाई मुलुकमै उद्यमशीलतामा लाग्न प्रेरित गर्ने उद्देश्यले हामीले कार्यक्रम अघि बढाएका हौँ ।’

पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंक धनगढी शाखाका निर्देशक विश्रुत थापाले संशोधित राष्ट्र बैंक ऐनले वित्तीय साक्षरतालाई नेपाल राष्ट्र बैंकको एउटा मुख्य उद्देश्यका रुपमा व्याख्या गरेकाले वित्तीय साक्षरता अभियानमा राष्ट्र बैंकले सँधै जोड दिने बताए ।

अहिले बैंकिङ क्षेत्रको एउटा चुनौतिका रुपमा रहेको वित्तीय साक्षरताको कमीलाई मिडिया इन्टनेसनलजस्तो संस्थासँग मिलेर क्रमशः समाधान गर्दै लैजाने उनको भनाई थियो । यद्यपी वित्तीय साक्षरता अभियानमा सबै पक्षको साथ र सहयोग हुनुपर्नेमा उनले जोड दिए ।

सो अभियानमा बैंकिङ पार्टनरका रुपमा रहेको एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले वित्तीय पहुँचमा नागरिकलाई ल्याउनका लागि वित्तीय जागरण अभियानको आवश्यकता परेको प्रष्ट्याए । ‘सुदूरपश्चिमजस्तो क्षेत्रमा मात्रै होइन, नेपालकै परिपृक्षमा, वित्तीय पहुँच भएन भन्ने मुख्य समस्या होइन्’, पत्रकार सम्मेलनमा एनआइसी एसिया बैंकका सीईओ रिसालले भने, ‘मुख्य समस्या त नागरिकमा वित्तीय साक्षरताकै कमी हुनु हो ।’ मिडिया इन्टरनेसनलसँगको सहकार्यमा सुदूरपश्चिमका सबै जिल्लामा वित्तीय साक्षरता अभियान संचालन गर्न चाहेको उनले बताए ।

यस्तै डेभलपमेण्ट बैंकर्स एसोसियसनका बरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पौडेलले वित्तीय चेतना अभिवृद्धि अहिलेको मुख्य चुनौति भएकाले मिडिया इन्टरनेसनलले सुरु गरेको अभियानमा साथ दिएको बताए । सांग्रिला डेभलपमेण्ट बैंकका सीईओ समेत रहेका पौडेलले आगामी दिनमा पनि देशैभरि वित्तीय जागरण अभियान संचालन गर्न विकास बैंकर्स संघ सांग्रिला डेभलपमेण्ट बैंकले साथ दिने प्रतिवद्दता व्यक्त गरे ।  

फागुन १४ गते हुने कार्यक्रममा १० हजारभन्दा बढीको सहभागीता रहने आयोजकको अपेक्षा छ । कार्यक्रममा सुदूरपश्चिमका विभिन्न बैंक तथा वित्तीय संस्थाको सहभागीता रहने जनाइएको छ । ती बैंक तथा वित्तीय संस्थाका विभिन्न चेतनामूलक स्टलहरु रहनेछन् ।  

 बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्यमशीलतामा लागेका व्यक्तिहरुलाई उदाहरणका रुपमा प्रस्तुत गरी बैंक तथा वित्तीय संस्थाको महत्व र त्यसबाट लिन सकिने फाइदाबारे कार्यक्रममार्फत सर्वसाधरलाई अवगत गराइने छ । त्यस्तै पैसा के हो, यसको परिचालन कसरी गर्ने, बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्दाका फाइदाबारे पनि सूचनामूलक स्टलमार्फत जानकारी गराइनेछ ।

नेपाल राष्ट्र बैंकले प्रवद्र्धन गरेको कार्यक्रमलाई वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकहरुको छाता संगठन नेपाल डेभलपमेण्ट बैंकर्स एसोसियसन र लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन माइक्रोफाइनान्स बैंकर्स एसोसियसन अफ नेपालले पनि साथ दिएका छन् ।

नेपालमा अझै पनि ६० प्रतिशत नागरिक बैंकिङ पहुँचभन्दा बाहिर रहेको र अझै पनि झण्डै २० प्रतिशत नागरिक साहू महाजनसँग नै कारोबार गरिरहेको तथ्यका बीच मिडिया इन्टरनेसनले गर्न लागेको यस कार्यक्रमले वित्तीय साक्षरता बढाउन निकै महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक