चैत ७, मुस्ताङ । म्याग्दीका नौ र मुस्ताङका दुई बस्तीलाई समेट्ने गरी पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाइएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ७, मुस्ताङ । म्याग्दीका नौ र मुस्ताङका दुई बस्तीलाई समेट्ने गरी पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाइएको छ । "/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आइसफल पदमार्गमा पूर्वाधार थप गरिँदै

२०७३, ७ चैत्र सोमबार ०८:०६

चैत ७, मुस्ताङ । म्याग्दीका नौ र मुस्ताङका दुई बस्तीलाई समेट्ने गरी पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाइएको छ । 

चार वर्षअघि टे«किङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखरा र स्थानीय पर्यटन व्यवसायीले पहिचान गरेको यो पदमार्गमा तीन वर्षदेखि भौतिक पूर्वाधार निर्माण काम भइरहेको छ । 

धौलागिरि आइसफल पदमार्ग उपभोक्ता समितिका अध्यक्ष धुव्र पाइजाले तीन वर्षमा रु तीस लाख बराबरको काम गरिएको जानकारी दिनुभयो । 

“१५ किलोमिटरभन्दा बढी पदमार्गको ट्रयाक खोलेका छौँ । सोवाङधुरीसम्म जान सकिने भएको छ । कालीबराह पु¥याउन सकियो भने पदमार्गको सबै काम सकिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार, यो काम यसै वर्ष सकिनेछ । 

पदमार्गको अन्तिम बिन्दु त्यही कालीबराह नै हो । त्यहाँबाट धौलागिरि, मानापाथीलगायतका हिमालबाट निरन्तर हिउँ झरेको देख्न सकिन्छ । कालीबराहबाट कुइनेमङ्गलेको छरीखानी झर्ने र मुस्ताङको लेते निस्कन पनि सकिन्छ । “समुद्री सतहदेखि ५५२५ मिटर उचाइ अवस्थित धौलागिरि आइसफल दहबुकी डाँडासँग जोडिएको छ । कालीबराह पुगेपछि माथि जान सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो । 

बेनीनगरपालिका–९ गलेश्वरबाट सुरु हुने पदमार्गले जिल्लाका पिप्ले, भगवती, वेग, दोबा, दग्नाम, चिमखोला र कुइनेमङ्गले र मुस्ताङको लेते र कोबाङलाई समेटेको छ । विदेशी पर्यटकका लागि कालीबराहबाट मुस्ताङ निस्कने गरी सात दिनको प्याकेज तथा आन्तरिक पर्यटकका लागि तीन दिनको प्याकेज बनाउन लागिएको उपभोक्ता समितिका सल्लाहकार देवेन्द्र केसीले जानकारी दिनुभयो । 

“ट्रयाक नभएको ठाउँ खोल्ने, विभिन्न स्थानमा पर्यटकका लागि पदचिह्न बनाउने काम भइरहेको छ ।” घनाजङ्गलमा भेटिने घोरल, चितुवा, मृग, डाँफे मुनाल, थरीथरी रङका लालीगुराँस, भेडागोठ, अग्लाअग्ला नाङ्गा पर्वत, दहब्की ताल, धौलागिरि र अन्नपूर्ण हिमालको रेञ्ज र बहुमूल्य जडीबुटी यार्सागुम्बा पदमार्गको मुख्य आकर्षण हुन् । पदमार्गले समेटिएको राखु र भगवती क्षेत्रका स्थानीयले पदमार्गलाई लक्षित गर्दै होमस्टे (घरबास) सञ्चालनको तयारी गरिरहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी