२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासी नेउवा संघका अद्ध्यक्ष भरत थापा महासंघमा निर्विरोध

२०७३, २१ चैत्र सोमबार १५:३६

चैत २१, परासी | नेपाल उद्योग वाण्ज्यि महासंघको ५१ साधारण सभा नयाँ नेतृत्व चयनका लागि भैरहेको निर्वाचनमा नवलपरासी उद्योग वाण्ज्यि संघका अध्यक्ष भिम बहादुर थापाक्षेत्री केन्द्रिय सदस्य पदमा निर्विरोध निर्वाचत हुनु भएको छ । प्रदेश नं. ५ बाट महासंघको केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दिएका अध्यक्ष थापा निर्विरोध निर्वाचित भएका हुन् ।

उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका शेखर गोल्छाको प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका अध्यक्ष थापाको विरोधमा कसैले उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् । थापालाई निर्वाचन मण्डलले अझै अधिकारी घोष्णा बाकी नै छ । महासंघमा शेखर गोल्छा र किसोर प्रधानको छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रेको छ ।


को हुन भरत थापा ? 

भरत थापा २०६५ सालदेखि उद्योग वाण्ज्यि संघको कार्यकारिणी सदस्य पदमा निर्वाचित भई संघमा क्रियाशिल भई काम गर्दै आएका थिए । २०६८ सालको निर्वाचनमा थापा संघको वाणिज्य तर्फको उपाध्यक्ष पदमा निर्वाचित हुदै २०७१ सालको निर्वाचनमा थापा अत्याधिक मतले संघको अध्यक्ष पदमा निर्वाचित भई उद्योगी व्यवासायीको हकहितमा काम गर्दे आएका थिए । अध्यक्ष थापा संघको सदस्यमा बस्दै हाल महासंघको केन्द्रिय सदस्य पदमा समेत निर्विरोध निर्वचित भई सफल भएको चर्चा परि चर्चा छ ।  

अध्यक्ष थापा आफनो कम उमेरदेखि नै व्यवसाय क्षेत्रमा प्रवेस गरेका थिए । थोरै समयमा उनी विभिन्न व्यवसाय गर्दै राम्रो अनुभवका साथै एउटा राम्रो सफल व्यवसायीको रुपमा पनि परिचित भए  ।  अध्यक्ष थापाले २०५२ सालदेखि दाउन्नेदेवी ट्रान्सपोर्ट र्फमबाट आफनो व्यवसाय संचालने अहिलेसम्म निरन्तरता दिदै आएका छन् व्यवासाय कै क्रममा थापा टंन्सपोर्टेशनका काम पनि गरे, उनी तिरुपति निर्माण सेवा फर्म संचालन गरि कन्सर्टक्सनको काम पनि गर्छन साथै उनको पिके र तिरुपति आयल सप्लायर्स पनि छ जसले जिल्लामा पेट्रलियम पदार्थको आपुर्ति गर्दै आएको छ । रसुवा बजारी मल्टीप्रपोज कम्पनी प्रालि पनि उनले संचालन गर्दै आएका छन उनको पाल्पामा कञ्चनपैरिज प्रालि चुनढुंगा खानी पनि छ जसबाट जिल्लाको सर्वाेत्तम र बुटबल सिमेन्ट लगायतका उद्योगहरुमा चुनढुंगाको सप्लाई गर्ने गरेका छन् भरत थापा आफनो व्यवसायमा ईमान्दर र क्रियाशिल भएर लागेकै कारण उनी जिल्लाको सफल उद्योगी तथा व्यवासयीमा पर्दछन् ।

थापा नेपाली कांग्रेसको राजनितिमा पनि सक्रिय छन् । उनी अहिले नेपाली कांग्रेसको महासमिति सदस्य पनि हुन् । राजनिति क्षेत्रमा पनि उत्तिकै क्रियाशिल रही पार्टी तथा जनतालाई सहयोग गर्दै आएका छन् । युवा व्यवासयी, समाजसेवी र युवा नेता थापा आफनो सरल र मिलनसार व्यवहारका कारण उनी जिल्लामा लोकप्रिय पनि बन्दै गएका छन् । आगामी बैशाख ३१ गतेको हुन लागेको स्थानिय चुनावमा भरत थापा सुनवल नगरपालिकाको मेयर पदका उम्मेदवारको चर्चामा पनि छन् । परिवर्तनका लागि युवाको आवश्यकता समाजले महसुस गरिरहेको बेला  उनी सुनवल नगरपालिकामा बलियो उम्मेदवारको रुपमा पनि चिनिने गरिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा