२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मकवानपुरगढीमा ४० करोडको गुरुयोजना

२४ चैत्र २०७३, बिहीबार ०७:०३

चैत २४, हेटौँडा । ऐतिहासिक तथा पुरातात्विक महत्वको मकवानपुरगढी दरबार जीर्ण भएपछि रु ४० करोडको लागतमा पुनःनिर्माण गर्ने गुरुयोजना तयार गरिएको छ । 

नेपालको एकीकरणका क्रममा महत्वपूर्ण योगदान गरेको मकवानपुरगढी ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । विसं १२५८ मा सेनवंशी राजाको शासनकालमा निर्माण गरिएको मकवानपुरगढीमा तामाङ र मगरको संस्कृति झल्कने सङ्ग्रहालयसमेत राखिने भएको छ । 

बहुवर्षीय योजना सञ्चालन गरी विकास गर्न लागिएको मकवानपुरगढी हेटौँडाको मुख्यचोकबाट १७ किलोमिटर पूर्वमा रहेको छ । तत्कालिन राजा महेन्द्रले आफैँले जिप हाँकेर २०१६ सालमा उद्घाटन गरेको कान्तिराजपथसँग जोडिएको मकवानपुरगढीमा रहेका दरबार तथा अन्य संरचना जीर्ण भएका छन् । 

मकवानपुरगढी पर्यटन विकास समन्वय समितिका सचिव केदारप्रसाद न्यौपानेका अनुसार मकवानपुरगढीको नक्सा तयार पारेर पुरातत्व विभागलाई बुझाइसकेको बताउनुभयो । पुरानो संरचनामा परिवर्तन नआउने गरी दुईवटा दरबार, किल्ला, सङ्ग्रहालय, मन्दिर, होटेल, भ्युटावर, वनभोज स्थल, बगैँचा, मुलढोका निर्माण गरिने छ । 

गुरुयोजनामा रु १२ करोड ९४ लाखमा किल्ला, रु आठ करोड १० लाखमा दरबार, रु ४५ लाखमा सङ्ग्रहालय, रु ८० लाखमा बगैँचा निर्माण गर्न प्रस्ताव गरिएको छ । त्यस्तै रु ८१ लाखमा छवटा वनजोज स्थल, रु एक करोडमा खानेपानी व्यवस्थापन गर्ने र एक करोड ६८ लाखमा वंशीगोपाल, सिद्धेश्वर महादेव र गणेशको मन्दिर निर्माण गरिने भएको छ । गढी दरबारको मूलढोका निर्माणमा रु २८ लाख खर्च गर्ने गुरुयोजना तयार गरिएको छ । 

समितिले तीन वर्षअघि छलफल अघि बढाएर गुरुयोजना तयार गरेको हो । मकवानपुरमा तामाङ बाहुल्यता रहेकाले तामाङ जातिको ऐतिहासिक संस्कृति झल्कने सामग्री सङ्ग्रहालयमा राखिने प्रस्ताव गरिएको छ । गढी सङ्ग्रहालयमा देशभरका गढीको इतिहास, फोटो र पुरातात्विक वस्तु राखिने गुरुयोजनामा उल्लेख छ । 

गढी दरबार, किल्ला र मूलढोका निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना नमेटिने किसिमले निर्माण गरिने छ । समुद्री सतहबाट एक हजार १९ मिटर उचाइमा रहेको मकवानपुरगढीमा रहेको तोपलगायतका सामग्री द्वन्द्वकालमा हराएको थियो । गढीबाट दृश्यावलोकन गर्न भ्यूटावर निर्माण गरिने छ । 

मकवानपुर राज्यको विसं १६१० मा राजधानी मकवानपुरगढीमा स्थापना गरिएको थियो । सेन राजाको थलोको निशाना मेट्ने कार्य भने विसं १८१९ मा भएको थियो । गढी दरबारमा रहेको शिलालेखमा मकवानपुर राज्यको बारेमा सबै कुरा समेटिएको छ । मकवानपुर राज्यको पहिलो राजा लुहाङ सेन थिए । राघवनरेन्द्र सेन, हरिहरइन्द्र सेन, शुभ सेन, माणिक सेन हँुदै हेमकर्ण सेनको पालामा आएर गोरखाका राजा पृथ्वीनारायण शाहसँग सम्बन्ध गाँसिएको इतिहासमा उल्लेख छ । 

हेमकर्ण सेनले आफ्नो छोरी गोर्खाका राजा पृथ्वीनारायण शाहसँग विवाह गराइदिएका थिए । मकवानपुरे सेन वंशका अन्तिम राजा दिग्वन्धन सेन थिए । लडाइँमा केहरसिंह बस्नेत र वंशराज पाण्डेको नेतृत्वमा युद्ध हुँदा विसं १८१९ भदौ ९ गते शनिबार गोर्खाली फौजका एकसय जना र चार सय मकवानपुरे सिपाहीले वीरगति प्राप्त गरेको यहाँ रहेको शिलालेखमा उल्लेख छ । 

पराजित भएर मकवानपुरे राजा दिग्वन्धन सेन, उनका परिवार र उनका मन्त्री कनकसिंह बानियासमेत भाग्ने क्रममा हेटौँडाबाट ठोरी पुगेका थिए । मकवानपुरगढी किल्लाकै कारण १२औँ शताब्दीमा सो ठाउँको नाम मकवानपुर रहन गएको किंवदन्ती पाइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य